अपडेट 
२०७७ जेष्ठ ३, शनिबार ११:५१

काठमाण्डू । कोरोना भाइरस (कोभिड–१९)का आज ६ जना सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ ६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

नयाँ सङ्क्रमितमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका छन् । सङ्क्रमितमध्ये तीन पुरुष र तीनजना महिला रहेका छन् । उहाँका अनुसार बर्दिया नार्खुका २८ वर्षीया महिला, सिराहा सखुवाका ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरकी १८ वर्षीया महिला र चितवन गढौलीकी २५ वर्षीया महिला रहेका छन् ।

योसँगै सङ्क्रमितको सङख्या २७३ पुगेको छ । हिजो शुक्रबार १८ जना सङ्क्रमित देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा छन् ।

Comment


Related News

Latest News

Trending News