अपडेट 
२०७७ जेष्ठ ३, शनिबार १४:४८

लाहन । सिरहामा चोरीको सामानसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–१० का कृष्ण यादव र शिवा पण्डित रहेका छन् । लकडाउनको मौका छोपी स्थानीय व्यापारी पवन साहको पसलबाट चोरी भएको सामानसहित स्थानीयवासीले दुवैजनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

आवश्यक अनुसन्धानका लागि दुवैजनालाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पठाइएको इलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरी नायब निरीक्षक हिरा यादवले जानकारी दिनुभयो ।

पसलबाट चोरी भएको सामान स्थानीय जयप्रकाश साहको घरबाट बरामद भएको र साहकै बयानका आधारमा दुवैजनालाई पक्राउ गरिएको स्थानीयवासीले बताएका छन् ।

Comment


Related News