अपडेट 
२०७७ जेष्ठ ४, आईतवार ०९:२७

काठमाण्डु ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझको पत्रकार सम्मेलनमा पुष्टि गरेका २ जना संक्रमित नेपाली सेनामा कार्यरत रहेका छन् ।

उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनाएका छन् । जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको उनले बताए ।

उनीहरुलाई काठमाण्डु ल्याएर सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ । महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका दुवै जना सेनामा कार्यरत रहेको खुलेको हो ।

Comment


Related News

Latest News

Trending News