अपडेट 
२०७७ जेष्ठ ४, आईतवार ११:०८

रञ्जन यादव
जीतपुर ।
बाराको जीतपुरबाट भुजाको बोराले छोपेर ट्याक्टरमा ल्याउँदै गरेको गुटखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाको अवज्ञा गरी जितपुरबाट ना।७ त ११४८ नं।को ट्याक्टरमा ८० बोरा भुजाको बिचमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच बोरा भोला गुटखा प्रहरीले सखुवा प्रसौनी गाउँपालिका वडा नं।५ बाट प्रहरीले बरामद गरेको थियो ।

राति करिब १० बजे बरामद गुटखाको आवश्यक कागजात चालकसँग नरहेको प्रहरीले जनाएको छ । पाँच बोरा गुट्खा को बोरामा ५ सय ५२५ प्याकेट गुटखा रहेको थियो ।

बरामद २० किलोको ८० बोरा भुजा ५२५ प्याकेट गुटखा र ट्याक्टर गरी करिब ९ लाख ४८ हजार ५ सय मुल्य बराबरको समान भंसार कार्यालय बीरगंज पठाईएको छ

Comment


Related News

Latest News

Trending News