अपडेट 
२०७७ जेष्ठ ५, सोमबार ०७:४०

काठमाण्डु । सरकारले जेठ २० गते सम्म लकडाउनको अवधीलाई थप्ने निर्णय गरेकोछ ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले लकडाउनको समय थपगर्दै जेठ २० गतेसम्म लम्बयाएकोछ ।बैठकमा सहभागि एकजना मन्त्रीले जनाए अनुसार कोरोना भाइरस संक्रमितको संख्या बढन थालेपछि सरकारले लकडाउनको समयावधी बढाउने निर्णय गरेकोछ ।

नेपालमा पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरिएको थियो। त्यसपछि चैत १८ गतेदेखि २५ गते सम्म हप्ता दिन थप गरिएको थियो ।

लकडाउनलाई बढाउदै सरकारले फेरी वैशाख ३ सम्म निरन्तरता दिएको थियो । त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ गते पु¥याइएको थियो । सरकराले फेरी १० दिन थप गर्दै बैशाख २५ गते सम्म लकडाउनलाई बढाएको थियो ।

सरकारले त्यसपछि ११ दिन लम्बयाउदै जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।अब लकडाउन जेठ २० गते सम्म निरन्तर रहनेछ ।

यसअघि बसेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबार साँझ सम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।

छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।भारतमापनि लकडाउनलाई जेठ १८ गते सम्म लम्बयाइएकोछ ।भारतमा कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक बढन थालेकोछ ।

भारतम अलपत्र रहेका नेपालीहरुलाई सहमति अनुसार स्वदेश फर्काउन थालिएकोछ ।भारतबाट आइरहेका नेपालीहरुलाई सोझै क्वारेन्टाइनमा राखिने गरिएकोछ ।

पछिल्लो पटक रौतहट, धनुषामा देखिएका संक्रमितहरु भारतबाट फर्केका हुन् ।भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएपनि उनीहरुको पीसीआर टेस्ट तदारुकताकासाथ नभएको दुखेसो क्वारेन्टाइनमा बस्नेहरुले गर्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News