अपडेट 
२०७७ जेष्ठ ५, सोमबार ०८:१९

काठमाण्डु । नेपालमा कोरोनाभाइरस संक्रमणको कारण आइतवार थप एक जनाको मृत्यु भएको छ ।२५ वर्षिय युवकको बाँके जिल्लाको नरैनापुरस्थित क्वारन्टीनमा ६ बजेर ४० मिनेटमा बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकोछ ।मृत्यु भइसकेपछि युवकको रिर्पोट पोजेटिव आएको बताइएकोछ ।उनको मृत्युको पुष्टि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका हुन् ।

वैशाख ३० गते भारतको मुम्बईबाट नेपाल आएका युवा नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा बनाइएको क्वारन्टीनमा रहेका थिए ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खानले उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान मृत्यु भएको बताए ।

शनिवार सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको थियो ।उनी नौ दिनकी सुत्केरी थिइन् ।बच्चालाई जोण्डिस भएको बताइएकोछ ।

कोरोना भाइरस संक्रमणबाट २ दिनमा लगातार २ जनाको मृत्यु भएकोछ । देशमा पहिलो कोरोना संक्रमित महिला नै देखिएकी थिइन् ।मृतक युवक अस्पताल सम्म जान नपाउँदै ज्यान गुमाए ।महिलाकोपनि उपचार सुरु भए लगतै मृत्यु भएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा पीसीआर विधिबाट परीक्षण गर्दा ती युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको मन्त्रालयले आइतवार पुष्टि गरेको हो ।संक्रमितहरुको संख्या बढेकोछ ।स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार बिहान र साँझगरि ११ जना संक्रमित पुष्टि भएका छन् ।बिहान प्रदेश २ को रौतहट जिल्लाको १० जना संक्रमितको पुष्टि भएको थियो ।साँझ स्वास्थ्य मन्त्रालयले थप १ जनामा संक्रमण पुष्टि गरेको छ ।

यसैगरि विराटनगरका २ जना र धनकुटाका १ जनामा कोरोना ससंक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनाए । बिराटनगर र धनकुट्टामा पहिलो पटक संक्रमित पुष्टि भएको हो ।उनीहरुलाई कोसी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको र स्वास्थ्य समान्य रहेको बताइएकोछ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका २ जना र धनकुटाका १ जनामा कोरोनाको पुष्टि भएको उनले बताए । मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या २ सय ९५ पुगेकोछ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कोरोना सुचना डेस्कका अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएकोे छ ।प्रदेश १ मा कोरोना भाइरस पुष्टि भएकाको जम्मा संख्या ३९ पुगेको छ ।

प्रदेश १ मा निको हुनेको जम्मा संख्या १७ रहेको छ । आइतबार गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो । यस अघि उदयपुर, झापा, भोजपुर र मोरङमा कोरोना संक्रमित देखिएका थिए भने आइतबार नयाँ जिल्ला धनकुटा पनि थपिएको छ ।सर्वाधिक संक्रमित उदयपुरमा देखिएकोछ ।

प्रदेश २ को तथ्यांक अनुसार सर्वाधिक कोरोना भाइरस संक्रमित प्रदेश २ मा १ सय २२ जना पुगेका छन् ।त्यस मध्ये सबै भन्दा बढी पर्सा जिल्लामा ९१ जना संक्रमित रहेकाछन् ।रौतहट जिल्लामा संक्रमितहरुको संख्या १३ पुगेको छ ।रौतहटमा पछिल्लो पटक पुष्टि भएका सबै भारतबाट नेपाल फर्केका हुन् ।

धनुषामा पनि २ जना भारतको मुम्बईबाट फर्केकाहरुमा कोरोना भाइरस संक्रमण देखिएकोछ ।उनीहरु प्रादेशिक क्वारेन्टाइन नगराइनमा थिए ।धनुषा जिल्लामा ५, महोत्तरी र बारा जिल्लामा ४÷४ जना रहेका छन् ।सर्लाहीमा ३ जना र सिरहा र सप्तरीमा १÷१ जना छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३६ जना निको भएको छ ।तर त्यस मध्ये ३ जना पूनःअस्पताल भर्ना भएका छन् ।पूनःअस्पताल भर्ना हुनेहरुमा रौतहट, पर्सा र काठमाण्डुका संक्रमितहरु छन् ।

हाल संक्रमितको आशंका गरिएकाहरुमा ३ सय ४६ जनालाई आइसोलेशनमा राखिएको छ ।मन्त्रालयका अनुसार २८ हजार १ सय ६० पीसीआर टेस्ट भएको र ६७ हजार ७ सय ६९ आरडीटी टेस्ट गरिएकोछ ।हाल देशभरि १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

संक्रमित फेला परेका टोलवस्तीहरुलाई सिल गर्ने तर पीसीआर टेस्ट नगर्दा समस्या देखिएकोछ ।सिल भएका टोलवस्तीहरुमा टेस्ट नहुँदा मानिस बाहिरिन पाएका छैनन् ।टेस्टकिट अभाव रहेको बताउँदै संक्रमितहरुका छिमेकीहरुको परीक्षण नभएको बताइएकोछ ।

प्रदेश २ मा हाल सम्म कुल ५ हजार ३ सय ६९ स्वाब संकलन गरिएकोमा ४ हजार २ सय ८९ निगेटिव र १ सय २२ पोजेटिव रिर्पोट आएको छ । ९ सय ५८ रिर्पोट आउन अझै बाँकी छ ।

Comment


Related News

Latest News

Trending News