अपडेट 
२०७७ जेष्ठ ५, सोमबार ०८:३२

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभरि ५० थान भेन्टिलेटर जडान गरिने बताएका छन् ।

उनले प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा १०÷१० तथा अन्य जिल्ला अस्पातालहरुमा ५÷५ गरी ५० थान भेन्टिलेटरको जडान गरिने बताए । प्रत्येक जिल्लामा १र१ थान एम्बुलेन्स तथा शव बाहन उपलब्ध गराउने प्रकिया समेत अगाडि बढिसकेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयको कोरोना सम्बन्धी नियमित मिडिया ब्रिफिङ्ग अन्तर्गत आईतबार बोल्दै मुख्यमन्त्री राउतले महामारी रोकथाम र नियन्त्रणको यस युद्धको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, सञ्चारकर्मी र उपचार तथा नियन्त्रणमा संलग्न अन्य कर्मचारीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराइसकेको बताए । साथै कर्तव्य पालनको क्रममा कोरोना संक्रमित भई निधन हुन गएमा निजको परिवार लाई ५० लाख राहत उपलब्ध गराउने निर्णय समेत भएको उनले बताए ।

लकडाउन कार्यान्वयन पश्चात प्रभावित भएका गरीव, दैनिक मजदुर, कृषि मजदुर तथा किसानहरुको लागि प्रदेश सरकारले कोरोना भाइरस सक्रमण (कोभिड १९) प्रभावित मजदुर, श्रमिक, गरिव तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत वितरण अनुगमन निर्दे्शिका २०७६ निर्माणगरी चरणबद्ध राहत प्याकेजहरु उपलब्ध गराइएको उनको भनाई छ ।

दोस्रो चरणको राहात मार्फत हालसम्म २७ हजार परिवारले राहात प्राप्त गरिसकेका छन् भने कुल ८३ हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिइएको उनले बताए ।

सीमानाकासँग जोडिएका समस्याहरु समाधानका लागि हामीले उच्च सतर्कता र साबधानी अपनाउनु जरुरी रहेको भन्दै उनले सीमामा रोकिएका नागरिकहरुलाई नेपाल भित्र्याउने नीतिगत निर्णय हुना साथै उनीहरुलाई राख्नका लागि प्रदेश सरकारले आठवटै जिल्लाका सीमा नाका नजिकै ३÷३ सय बेड क्षमताको क्वारेन्टाइन निर्माणको प्रक्रिया शुरु गरिसकेको जानकारी गराए ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले चालेका कदमहरुमा सम्पूर्ण समुदाय र क्षेत्रबाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा सम्पूर्णलाई धन्यवाद दिदैं उनले विशेष स्वास्थ्य उपचारको क्षेत्रका खटिने स्वास्थ्यकर्मीहरुको योगदान अतुलनिय रहेको बताए ।

कोरोना संक्रमित भई प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा उपचारको क्रममा रहेका दाजुभाइ तथा दिदि बहिनी हरुको स्वास्थ्य उपचारमा प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्दै उनले आफ्नो आत्मबल मजबुत बनाई राख्न समेत आग्रह गरे ।

अहिले हामीले सामना गरिरहेको कोभिड १९ जस्तै अनेकौं महामारी, संकट र विपत्तीलाई हाम्रा पुर्खाहरुले पनि झेलेको स्मरण गर्दै उनले हरेक अँध्यारोमा उज्यालोको आशा र हरेक संकटमा समाधानका उपायहरु पहिल्याउँदै मानव सभ्यता यहाँसम्म आई पुगेको उल्लेख गरे ।

आज हामी राजनीतिक आस्था र विचारभन्दा माथि उठेर कोरोनाले निम्त्याएको संकटको समाधान गर्नु पर्ने अवस्थामा रहेको भन्दै उनले कोरोना संक्रमणबाट हाम्रो देश र प्रदेशलाई सुरक्षित’ राख्ने अवस्थाको निर्माण नै हामी सवैको साझा लक्ष्य हुनुपरेको बताए ।

प्रदेश सरकार आम समुदायले नै निर्माण गरेको सरकार रहेको भन्दै उनले आफ्ना समस्याहरुका समाधानको उपाय आफ्नौ क्षेत्र र घर आँगनमा खोज्ने तथा आफ्ना लक्ष्यहरु आफ्नै योजना र योगदानले प्राप्त गर्ने ध्येयका साथ संघीयता कार्यान्वयन भएको बताए । संघीयता प्राप्तिको कठोर संघर्षमा ठुलो बलिदान गरेको भन्दै उनले उक्त बलिदानको जगमा उभिएको प्रदेश सरकार सदैव आम प्रदेशबासीहरुको सुख दुखको सहयोगी बन्ने विश्वास दिलाए ।

आम प्रदेशबासी र सम्पुर्ण सरोकारवालाहरुले कोरोना संक्रमण नियन्त्रणलाई लिएर साझा लक्ष्य निर्माण गर्दै सहकार्य गरिए आफू र आफ्नो समुदायलाई सुरक्षित राख्न सनिके उनले बताए ।

यसका लागि लकडाउनको पालना, ब्यक्तिगत तथा सामुदायिक सरसफाइ र सम्वन्धित विज्ञहरुको सुझावलाई हामीले कुनै पनि हालतमा पालना गर्नैपर्नेमा उनले जोड् दिए ।

Comment


Related News

Latest News

Trending News