अपडेट 
२०७७ जेष्ठ ५, सोमबार १४:४२

एस के द्धिवेदी
हामी पढेका थियांै, कम्यूनिष्टहरु धर्म मान्दैनन रे । चर्च,मन्दिर,मस्जीद लगायत सबै धार्मिक स्थल बन्द छन् । हामि सुनेका थियौं ,साम्यवादीहरु ,समाजिक रिति थीतीमा विश्वास गर्दैन,मलामी जाने अवस्था छैन,श्राद्ध गर्ने व्यवस्था छैन ,बिहे,ब्रन्तबन्ध,भोज भतेर गर्ने चलन हराउदै गएको छ । कारोनाको कारण गरिब मुलुकहरुलाई आफनो जनता बचाउन, खुआउनमा नै हमे हमे परेको छ । चीनका प्रणेता माओले चाहेको वास्तविक साम्यवादलाई शिजिगंपिगले कारोनाको डिएनएद्धारा पुरा विश्वमा स्थापित गराउन सफल भएका छन् ।उनको सैन्यचरीले स्थापित गरेको मेडइन चीन को यो सामान र यसबाट उत्सर्जित सेवा र क्लिनिकल ट्रायललाई पूरा विश्वबाट खारेज गर्न सकिन्छ ?

लोकतांत्रिक दुनियाका सबै शक्तिशाली देशहरु अहिले चीन निर्मित साम्यवादी कोरोनाबाट नै आ–आफ्नो समाज ,सस्ंकृती,सभ्यता एवम धार्मिक परिवेश अनुसारको लोकतान्त्रिक व्यवस्था फर्कउनमा त्राहिमाम गरिरहेका छन् । पूंजीवाद र नव–उदारवाद को दोष निकाल सकिन्छ तर उसको प्रतिउत्तर चीनको आधिपत्य कदापि पनि होइन ।

महाव्याधीको उद्भव कोभिड–१९ ले उत्पन्न भएकोले पुरा विश्व आक्रान्त छ । प्रकृतिको क्षयसँगै विगत र हालका दिनमा देखिएको महाव्याधिको उद्भव चाइनाको बुहानबाट नै भएको हो । जसले गर्दा पनि यसलाई मेडइन चाइना भन्न अतिसोवक्ति हुदैन ।बुहान स्थित चाइना आर्मिको प्रयोगशालाबाट निर्मित कोरोना भाइरसको परिवार ठूलो छ । कोरानाको बैज्ञानिक चरित्र जस्तो भएपनि यसको समाजिक र राजनैतिक चरित्र पुर्ण रुपेण साम्यवादी कम्युनिष्ट अर्थात माओवादमा आधारित डिएनए नै हो ।

कोरोना कारण आएको तबाहीले पुरै विश्वको आर्थिक बाजारमा आईरहेको गिरावटलाई चीनले अवसरको रुपमा लिएको छ । चीनको यो कुदृष्टिपुर्ण मंशालाई मध्यनजर गर्दै कतिपय ठुला देश जर्मनी, आस्ट्रेलिया, इटली र स्पेन अहिले बहुराष्ट्रिय कम्पनि एफडीआईकोे नियमावलीलाई कडा बनाएका छन् ।

कोरोना भाइरसको असर पुरै विश्वको आर्थिक क्षेत्रमा पनि देखा परेको छ । चिनले कारोनाको संक्रमणको कारण पुरा विश्वमा उत्पन्न भएको आर्थिक गीरावटलाई मध्यनजर गर्दै विभिन्न कम्पनिहरुमा लगानिलाई दिएको तिब्रताले पनि चिनिया आर्थिक नितिकोषडयन्त्र मुलक कुचक्रको कारणनै कारोनाको उत्पनि भएको प्रष्ट भइसेकेको छ । जसप्रकार चीनको पीप्लस बैंक आफ चीन (पिबिओसि) ले भारतको सबै भन्दा ठुलो हाउसिंग फÞाइनेंस कंपनी, हाउसिंग डेवलपमेंट फÞाइनेंस कारपोरेशन लिमिटेड (एच डि एफ सि)मा करोडौं शेयर किनेर साझेदारी ०.८ प्रतिशतबाट बढाएर १.०१ प्रतिशत पुर्याएको छ ।

वैश्विक अर्थव्यवस्थाको उथल–पुथलको समयमा विदेशी निवेशको आडमा भारतीय कंपनीहरुमा आफ्नो हिस्सेदारी बढ़ाउनु चीनको विस्तारवादी सोचको ज्वलन्त उदहारण हो । कोरोनाको तबाहीबाट पुरै विश्वको आर्थिक बाजारमा छाएको गीरावटको चीन पहिला भरमजबुर अवसरको रुपमा भुनाउन लागी परेको छ ।जसलाई सुक्ष्म रुपमा नियाली रहेको विश्वका शक्तिसाली देशहरु जर्मनी, आस्ट्रेलिया, इटली र स्पेनले पनि एफडीआई को नियमलाई शक्तिसाली बनाउन लागी परेका छन् ।

यूरोपीय संघले सुरक्षाको हवाला दिदै एफडीआईको सेयर कारोवारलाई चेक जांच गर्ने नियम समेत बनाएको छ । अमेरिकाले चीनबाट हुने निवेशको चेक जांच अझ कडा पेचिलो बनाएको छ । चीनले अमेरिकामा ठुलो सम्पत्ति अधिग्रहण गरिरहेको आर्थिक जगतमा चलेको चर्चाकै बेला अमेरिकाले यस्तो नियम ल्याएको छ । आस्ट्रेलियाले पनि कोरोना भाइरस संकटको अवधीमा रणनीतिक र सामरिक संम्पत्तिहरुलाई शून्यको भाउमा बेचिने खतरालाई दृष्टिगत गर्दै विदेशी निवेशकहरुद्वारा गरिने लगानि अधिग्रहणको नियमलाई गएको मार्च महिनामै शसक्त बनाएको छ । भारत सरकारले पनि एफडीआई को नियममा ल्याएको परिवर्तन वस्तुत ः चीन को वर्चस्ववादी रवैये माथि रोक लगाउन नै मुख्य उदेश्य हो ।

वैज्ञानिक समुदायमा चुनौती बनेको प्रश्न छ, यो भाइरस वुहानमा कहाँबाट, कुन माध्यम हुँदै आयो ? डिसेम्बर २०१९ मा चीनको वुहानबाट फैलिएको उक्त भाइरसको उद्भव केन्द्र र माध्यमका बारेमा वैज्ञानिक र अनुसन्धान गर्ने केन्द्रका आफ्नै तर्क, विश्लेषण र अनुमान छन् । भाइरस अर्को जीवमा (विभिन्न वन्यजन्तु वा मान्छे) प्रवेश गरेपछि त्यसले आश्रय दिने जीवको (होस्ट) शरीरमा भएका भाइरससँग अन्तरक्रिया गरी फेरिन्छ र भिन्न संरचनाको बन्छ । कतिपय अवस्थामा त नयाँ भाइरसको प्रजातिको रूपमा उद्भव हुने वैज्ञानिक तथ्य छ । त्यसै कारण भाइरसको स्रोत (उद्गम केन्द्र) मात्र थाहा पाएर हुँदैन, त्यसका बीचमा रहेका होस्टहरू पनि थाहा पाउनुपर्ने हुन्छ ।

चीनले पुरै विश्वलाई स्वस्थ्ताको साटो गÞुलाम बनाएर मानवतावादको क्षेत्रमा वर्चस्व कायम गर्ने कुरामा जोड़ दिएको छ । ताबूत र मुर्दाघर देखि मास्क, हेन्डग्लब्स, वेंटिलेटर, डाक्टर, नर्स, खाद्यान्न, पानी र परिवहनको मुल्यमा आएको कमिलाई अधार बनाएर पुरा विश्वको मसीहाको रूपमा आफुलाई पेश गर्न कोशिस गरिहेको छ ।

यस्तो परिवेशमा अवस्थ सामान्य भएपछि के पुरा विश्व संरक्षणवादी हुनसक्छ ? के विश्व व्यापार संगठन (डब्लु टि ओ ) चीनको अकौ युद्ध मैदान कुनसक्छ ? उत्तरी अमेरिकामा महामारी को आगा भन्द पनि तिब्र गतिमा फैलिरहेको वेला यस्ता कतिपय प्रश्नहरु विश्वमाझ उभिएका छन् ।

कोविड १९ लोकतांत्रिक विश्वको सबै भन्दा ठुलो खुफÞिया नाकामिको एक परिणाम पनि हो ।किनकि चीन महामारी यसको नया भू–राजनीतिक हथियारलाई परोपकारको रूपमा पनि पेश गरिरहेको छ । चीन पहिला देखि नै विश्वमा सबै भन्दा ठुला सैन्य र आर्थिक शक्तिहरुमा एक पनि हो ।

के पुरै विश्व टेड्रोस माथी विश्वस र समर्थन गरेर त कुनै ठुलो गल्ती गरेन ? यो जानी जानी कि स्वास्थ्य र मानवाधिकारको क्षेत्रमा उनको राम्रो रेकर्ड छैन । जनवरीको अन्तिममा टेड्रोस चीन गएर राष्ट्रपति शी जिनपिंगसंग भेटेका थिए । त्यहा उनले भनेका थिए कि चीन कारोना रोगलाई नियन्त्रण लिने कार्यमा वैश्विक नया मानदंड लागु गरिरहेको छ । उनले रोगको लक्ष्ण र महामारी लगायत सबै जानकारी चिनले पुरा विश्व समक्ष साझा गरिरहेको भन्दै उसको सराहना समेत समेत गरेका थिए । के टेड्रोस शीको कुनै सहमतिलाई पर्खि रहेका थिए ? के यो संक्रमण जनवरीको अन्तिममा महामारी बनेको हो ?


“यसै बीचमा कोविड १९ लगातार महामारीको विशेषता देखाइरहेको थियो, पूरै दुनियामा एक साथ तिब्र गतीमा फैलिरहेको थियो । न मात्रÞ टेड्रोस र उनकी टीम स्वास्थ्य आपातकाल घोषित गर्नमा नाकाम रहे, उनले अंतर्राष्ट्रीय समुदायलाई यात्रा प्रतिबंध लगाउन र भेदभाव न फैलाउन अनुरोध गरिरहे । यूरोपियन सेंटर फार डिजÞीजÞ प्रिवेंशन एंड कंट्रोलले सुझाव दियो कि यूरोपीय यूनियनमा वायरस को संक्रमण को आशंका कम छ .जसको कारण यूरोपका देशको सीमामा कडाइ गरिने र पुरा विश्व आक्रन्त बनेको छ ।”

Comment


Related News

Latest News

Trending News