अपडेट 
२०७७ जेष्ठ ६, मंगलवार ०९:१५

अनिल तिवारी
वीरगञ्ज ।
जिल्ला प्रशासन कार्यालयले पर्सा जिल्लामा लगाएको निषेधाज्ञा सोमवार रातीबाट हटाएको छ । बिहान सोमवार बसेको सर्वपक्षिय बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

बैठकले लकडाउन कायमै राख्दै निषेधाज्ञा हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अघिकारी ललित बस्नेले जनाए ।‘निषेधाज्ञा हटाउने निर्णय सर्वपक्षिय बैठकबाट भएको हो’ उनले भने, तर लकडाउनलाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।

सर्वपक्षिय बैठकले पर्सा जिल्लामा लकडाउनलाई केहि क्षेत्रमा अत्यन्त खुकुलो बनाएकोछ ।बैठकले लकडाउनमा समाजिक दुरीको पूर्ण पालनागर्दै कृषि कर्मलाई सुचारु गर्ने, कृषिको लागि आवश्यक पर्ने वातावरणका लागि सहजिकरण गर्ने निर्णय गरेको बस्नेतले बताए ।सामाजिक दुरी कायम गरी कृषी कार्य संचालन गर्ने, ढुवानीको सहज वातावरण बनाउने र नेपाल सरकारले ४२ वटा कारखाना संचालन गराउन गरेको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराइने सर्वदलिय बैठकले निर्णय गरेको छ ।

बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने र वीरगञ्जका अतिआवश्यक खाद्य सामग्री विक्री वितरण गर्ने पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च सतर्कताका साथ खरिद ,विक्री गर्ने निर्णय गरेको छ ।

सञ्चारकर्मीहरुले सवारी साधन प्रयोग गर्ने, तरकारी घरघरमा पु¥याइने, अत्यावश्यक वस्तुका पसलका सञ्चालकहरुले सहज रुपमा आउजाउ गर्न पाउने लगायतका व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।


जिल्लामा गत वैशाख ३० गते एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि जेठ ५ गते मध्यराती सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले सेनालाई समेत सडकमा उतारेको थियो ।सडकमा सेना उत्रेपछि लकडाउन कडा भएको थियो ।मानिसहरु घरबाट बाहिरिन छाडेका थिए ।

बीरगञ्ज महानगरपालिकामा बिहानै प्रहरीले एकजना अवकास प्राप्त कर्मचारीको खुट्टा लठ्ठीले भाँच्चेपछि बैठकमा आलोचना भएको थियो ।

Comment


Related News

Latest News

Trending News