अपडेट 
२०७७ जेष्ठ ६, मंगलवार १५:४७

महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका–१ स्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर–८ बस्ने विकाउ रामका छोरा १६ वर्षीय लटरु राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

केही दिनदेखि मानसिक सन्तुलन ठीक नरहेको युवक रामको जलेश्वर–१ स्थित महादेव मन्दिर अगाडिको पोखरीमा आज डुबेर मृत्यु भएको हो ।

पोखरीमा नुहाउन गएका बेला बढी पानीमा पुग्दा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

Comment


Related News