अपडेट 
२०७७ जेष्ठ ७, बुधबार ०८:१४

जनकपुरधाम । चार बर्षअघि गोली प्रहार गरी मोटरसाइकल लुटपाट गरेको घट्नामा फरार रहेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ७ (साविकको सिंग्याही मडान गाविस ४) निवासी ‘चाणक्य’ भनिने विजय यादव छन् ।

यादवले २०७३ साल फागुन १ गते सिरहाको कल्याणपुर नगरपालिका ८ अरंग (साविकको मझौलिया गाविस ५) बस्ने लालु खानलाई गोली प्रहार गरी घाइते बनाउँदै खानको ना.३८प १३३४ नम्बरको मोटरसाइकल समेत खोसेर लगेको घट्नामा फरार रहेका थिए ।

घरमै लुकेको विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट खटिएको प्रहरी निरीक्षक उमेशमान अमात्य नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

यादव त्यस बेला सशस्त्र भूमिगत समूह मधेशी राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का सदस्य रहेको प्रहरीको भनाई छ । उनको बारेमा थप अनुसन्धान शुरु गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News