अपडेट 
२०७७ जेष्ठ ७, बुधबार ०९:१६

अत्यन्त प्रतिकुल परिस्थितिमा हामी २२ वर्ष पुरागरि २३ औं वर्षमा प्रवेश गरेका छौ ।जनकपुर टुडेले प्रारम्भ गरेको यात्रामा अनेक बाधाअवरोधहरु विगतमा पनि आएको थियो ।प्रारम्भिक वर्षहरुमा भोगेको समस्याहरुको भन्दा वर्तमान समस्या बिल्कुल फरक छ । देश नै लकडाउनमा छ ।घरबाट बाहिरिने अवस्था छैन् । देश विषम परिस्थितिबाट गुज्रिरहेकोछ ।कोरोना भाइरस मृत्युको रुपमा अगाडी उभिएकोछ ।

हरेक दिन संक्रमित मानिसको संख्या बढने क्रम रोकिएको छैन् । बिल्कुल फरक किसिमको चुनौतीको सामना गर्न विश्वलाई नै धौ धौ परेकोछ । हुनत जनकपुर टुडेले विगतमा पनि अनेक आरोहअवरोह सफलतापूर्वक पार गरेकोछ ।वर्तमान पस्थितिबाट समेत देशले मुक्ती पाएसँगै हामीपनि खुशियालीको परिवेशमा प्रवेश गर्नेछौ ।कोरोना भाइरसको संक्रमण फैलिरहेको अत्यन्त प्रतिकुल परिवस्थितिमा पनि हामी आप्mनो दायित्व र जिम्मेवारीबाट विचल्लित भएका छैनौ ।नियमित रुपमा जनकपुर टुडे यहाँहरुको हातमा पु्र्याउन निरन्तर प्रयासरत छौ ।

पहिलो चरणमा हाम्रो प्राथमिकता रहेको प्रदेश नम्बर २ को सबै जिल्ला सदरमुकाममा जनकपुर टुडे उपलब्ध भइरहेकोछ ।हाम्रो प्रयासलाई स्थानीय प्रशासन, सुरक्षाकर्मीले सहज बनाउनगर्दै आएको सहयोगप्रति हामी अभारी छौ ।

आदरनिय पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुले हाम्रो हौसलालाई बढाउन हरेक प्रकारले सहयोग गरिरहेका छन् ।विगतमा हामीले पाएका माया र स्नेह भन्दा विषयमा परिस्थितिमा झन् बढी पाएको अनुभूती भइरहेकोछ ।दिनहुँ टेलिफोन लगायत विभिन्न समाजिक सञ्जालबाट हाम्रो वारेमा चासो राख्ने आदरनिय शुभेच्छुकहरुको मार्गदर्शनबाट हामी अत्यन्त जटिल परिस्थितिमापनि निरन्तर रुपमा पाठक सम्म पुग्न सफल भएकाछौ ।

प्रतिकुल परिवेशमा जनकपुर टुडेको अटुट यात्रामा सँगसँगै रहेका सञ्चारकर्मी, कर्मचारी, प्रेस अपरेटर, कम्प्युटर अपरेटर, चालकहरुप्रति हार्दिक अभार प्रकट गर्दछौ ।विगतमा हामीले प्रकाशनगर्दै आएको विशेषांक यस वर्ष प्रकाशन गर्न नसकेकोमा क्षमाप्रार्थी छौ ।अगामी दिनहरुमा पनि यहाँहरुको आत्मीय सद्भाव हामीले प्राप्त गर्ने विश्वास लिएका छौ ।

देश, प्रदेश र पालिकाहरु कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितहरुलाई बचाउन एकजुट भएर लागेका छन् ।हामीपनि आफ्नो तर्फबाट हरसंभव सहयोग र सहकार्यगर्दै आएका छौ ।अगामी दिनमापनि जनहितलाई मुख्य लक्ष्य बनाइ हामी आफ्नो मार्गमा अगाडी बढनेछौ ।

जनकपुर टुडे राष्ट्र्यि दैनिकलाई सफलताको शिखर सम्म पुर्याउन अहोरात्री खट्ने सम्पूर्ण सञ्चारकर्मी, कर्मचारीहरुलाई हार्दिक धन्यवाद र बधाईदिदै सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा अभार प्रकट गर्दछौ ।कोरोना भाइरसले सृजित विषम परिस्थितिमा हामी एकजुट भएर अगाडी बढने प्रण गर्दछौ ।

प्रकाशक

Comment


Related News