अपडेट 
२०७७ जेष्ठ ७, बुधबार ०९:५६

जनकपुरधाम । भारत लगायत देशको विभिन्न भागबाट मानिसहरु जनकपुरधाम आउने क्रम बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा ५० शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ ।

उपमहानगरपालिकाले क्वारेन्टाइनमा रहने हरेक व्यक्तिका लागि समाजिक दुरी अनुसार बेडको व्यवस्था, तातोपानी,साबुन, सेनिटाइजर, मास्क,नुहाउन बाल्टिन मग, बिजुलीको पावर सकेट, झुल, साबुन, मच्छरधुप, बिस्कुट , चाउचाउ लगायतका सामग्रीहरुको प्रबन्ध गरेको छ ।

फराकिलो प्रांगन, खुल्ला ठाउ, प्रयाप्त शौचालय, स्वच्छ पिउने पानी, वाईफाइ लगायतका सुविधाहरु उपलब्ध गराइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले बताए ।‘क्वारेन्टाइनमा अत्यावश्यक सामग्रीहरुको प्रबन्ध गरिएको छ’ उनले भने, क्वारेन्टाइनमा रहनेहरुको सुविधाको पूर्ण ध्यान दिइएकोछ ।

प्रांगनमा आकर्षक फुलका बोटहरु राखिएका छन् ।सरसफाईगरि धर्मशालालाई आकर्षक बनाइएकोछ ।मंगलवारबाट प्रारम्भ भएको क्वारेन्टाइनमा पहिलो दिन १८ जनालाई राखिएको छ ।

उनीहरु पहिले देखि नै उपमहानरगपालिकाको जिरोमाइल स्थित क्वारेन्टाइनमा रहेका थिए ।क्वारेन्टाइनमा रहेकाहरुलाई बिहान चिया, ‘काढा’ र फल, ११ बजे भोजन, ३ बजे नास्ता र ७ बजे भोजनको व्यवस्था गरिएको मेयर साहले बताए ।

‘क्वारेन्टाइन भएकाहरुको रोग निरोधक क्षमता बृद्धि गर्न योगगुरुले योगाभ्यास सिकाउनेछन्’ उनले भने, २४ घण्टा नै २ जना स्वास्थ्यकर्मी उपलब्ध रहनेछ । सुरक्षाको कडा व्यवस्था गरिएको जनाउँदै साहले भने, सफाईकर्मीले नियमित सेवा दिनेछन्

Comment


Related News

Latest News

Trending News