अपडेट 
२०७७ जेष्ठ ७, बुधबार १३:१५

वीरगञ्ज । निषेधाज्ञाको समयमा जुवा तास खेलिरहेको ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा जुवा तास खेलिरहेको आधा दर्जन व्यक्तिहरुलार्ई प्रहरीले पक्राउ गरेको हो ।

बीरगंज म.न.पा.वडा नं.२७ उदयपुर घुर्मी बस्ने नगिना यादवको घरमा जूवा तास खेलिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेएको टोलीले छापामारी गरी ६८ हजार ४ सय ८० रुपैया सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सोमबार राती प्रहरीले गरेको छापामारीमा बीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मी बस्ने ४० बर्षीय नगिना यादव , २५ बर्षीय रुपेश यादव, ३६बर्षीय राजेश्वर प्रसाद यादव, छोटेलाल पटेल, ज्ञानचन पटेल र १९ बर्षीय हदरी प्रसाद यादवलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै सोही घरको खानतलासी गर्ने क्रममा तिन वटा प्लाष्टिकको ड्रममा मदिरा तयार पार्न राखिएको कच्चा पदार्थ ६०० लिटर प्रहरीले फेला परेको थियो ।

Comment


Related News

Latest News

Trending News