अपडेट 
२०७७ जेष्ठ ८, बिहीबार ०८:०७

होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष – उदय सापकोटा (सुरेन)

रौतहट । रौहतटमा एक जना होटल तथा पर्यटन व्यवसायी कृषि पेशामा आकर्षित भएका छन् ।होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष तथा होटल व्यवसायी महासंघका निवर्तमान केन्द्रीय महासचिव उदय सापकोटा (सुरेन) कृषि पेशमा आकर्षित भएका हुन् ।

कोरोना भाईरसका कारण पटकपटक सरकारले लम्ब्याएको लकडाउनमा होटल व्यवसाय ठप्प भएसंगै सुरेन कृषि पेशालाई अंगालेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बसन्तपुर स्थित १ बिघा खेतमा फलफुल तथा तरकारी लगाउन सुरु गरेका छन् । धानखेत लाई मासेर उनले बिभिन्न प्रजातिका फलफुल तथा तरकारी लगाउन सुरुवात गरेको सुरेनले बताएका छन् ।

उनले हिजोआज सरकारले लम्व्याएको लकडाउनलाई सदुपयोग गर्दै खेतमा १३ सय रेडलेडि प्रजातिको मेवा, ३ सय कटहर, ५ सय सुन कागति,१ सय पचास बिभिन्न प्रजातिको आँप,१० वटा अनार,१० वटा लिच्चि,४ सय पचास मलेसियन साल,५० वटा टिकको बिरुवा संगै लौका,खोर्सानी,करेलाको बिरुवा लगाउनमा ब्यस्थ रहेको बताउछन् ।

पछिल्लो समय कृषिमा व्यावसायिकताको सम्भावना बढेसँगै हालको समयलाई सदुपयोग गर्न विभिन्न फलफूल तथा तरकारीे खेतीमा आफु संलगन भएको सुरेनको भनाई रहेको छ ।

आजकल फरक फरक फलफूल तथा तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि कृषकहरुले विशेष गरी कृषिमा समय दिन थालेको उनको भनाई छ ।

फलफूल तथा तरकारीबाट सम्भावना देखिएपछि आफुसंगै घरका सपरिवार घरनजिकको १ बिगा खेतमा बिहान देखि बेलुका सम्म समय बिताउने गरेको उनको भनाई रहेको छ । मनग्य आम्दानी र प्रतिफल चाडै पाउने भएपछि आधुनिक प्रणालीबाट खेति सुरु गरेको सुरेनले जानकारी दिएका छन् ।


पछिल्लो समय जिल्लाका कृषकहरु मेवा,आँप र कागती खेतीप्रति आकर्षित हुनथालेको देखेर यस पेशमा समयको सदुपयोग गरेको सुरेनले बताए । निजि लगानिमा लाखौ रुपैयाँ खर्चेर सुरुवात गरेको यस व्यवसायले मेवा र कागतीले उत्पादन दिन थालेपछि मुनाफा राम्रै हुने उनको विश्वास छ ।

यहाँ ठूलो परिमाणमा मेवा र कागती उत्पादन नहुदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, यो देखेर अन्नबाली राम्रै उब्जनीहुने जग्गामा आफुले मेवा र कागती खेतीमाजोड दिएको सुरेनले बताए । उनले सुरु गरेको मिश्रित खेतिलाई ब्यवसायिकतवरले अघि बढाउने सोच रहेको बताए ।

लकडाउन सकिएसंगै छिटै यस ब्यवसायिक खेतिलाई कृषि फर्मको नामदिई आगामी दिनमा ठुलै कृषिक्रान्ति गर्ने बिचार रहेका सुरेनको भनाई रहेका छ ।

सुरेन चन्द्रनिगाहपुर वडा नम्बर ४ पुलचोकमा स्थित होटल मंगलम तथा ब्रोसिस डिजिटल सिनेमा हलका संचालक समेत हुन् ।

Comment


Related News