अपडेट 
२०७७ जेष्ठ ८, बिहीबार ०८:२०

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ ।

मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ । बिरोध स्वरुप बिहीबार कृषि टेलिभिजनको कपिमा कार्टुन बनाई विरोध गर्ने, शुक्रबार सूचना तथा संचार मन्त्रालयले कार्वाही नगरे शनिबार एक दिनको लागि फेसबुक प्रोफाइल कालो राखी बिरोध गर्ने जनाएको छ ।

यस्तै, आईतबार प्रेस काउन्सिलले टेलिभिजन र प्रस्तोतालाई कारबाही नगरे (प्रेस काउन्सिल) कालो अक्षरमा लेखेर फेसबुकमा पोष्ट गर्ने, सोमबार प्रेस काउन्सिलमा मेल मार्फत ध्यानाकर्षण पत्र बुझाउने, मंगलबार पनि कार्वाही नगरेको पाइएमा प्रेस काउन्सिल को विरोध स्वरुप सदा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसेर पाना जलाई सञ्चार मर्यादा विहिन र पुर्वाग्रही प्रति ध्यानाकर्षण गराउने संघका अध्यक्ष पोषण कुमार यादवले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

त्यसपछि पनि कार्वाही नगरिए थप कार्यक्रम घोषणा गरिने र बीचमै कार्वाही गरिएमा कार्वाही भएकै दिनदेखि बिरोधका कार्यक्रम स्वतः फिर्ता हुने बिज्ञप्तीमा जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News