अपडेट 
२०७७ जेष्ठ ८, बिहीबार ०८:३९

रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन कक्ष निर्माण कार्य तिब्र रुपमा भईरहेको छ ।
जिल्लाको चन्द्रपुर, गरुडा तथा गौरमा कोरोना संक्रमितको उपचारका लागि स्थानिय तहहरुले आइसोलेशन कक्ष निमार्ण कार्यमा तिब्रता दिएका छन् । चन्द्रपुर, बृन्दाबन, गुजरा तथा गढिमाई नगरपालिकाले चन्द्रपुर–२ स्थित शहिद स्मृति पार्कमा आईसोलेसन कक्ष निर्माण कार्यमा लागेका हुन् ।
पहिलो चरणमा चन्द्रपुर नगरपालिकाको २५ लाख, बृन्दाबन, गुजरा र गढिमाई नगरपालिकाको १५÷१५ लाखको लागतमा २२ बेडको आईसोलेसन निर्माण गर्न लागिएको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले जानकारी दिएका छन् ।
चन्द्रपुरमा निमार्णधीन आइसोलेशन कक्षको कार्य तिब्र गतिमा भईरहेकोे गढिमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले बताए ।

गरुडा नगरपालिका, माधवनारायण नगरपालिका र देवाही गोनाही नगरपालिकाले सयुँतm रुपमा गरुडामा ७५ बेडको आइसोलेशन कक्ष बनाउने भएका छन् । गत बैशाख ६ गते गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादवको पहलमा सयुक्त बैठक बसि आइसोलेशन वार्ड निर्माण गर्ने निर्णय भएको थियो ।
गरुडा नगरपालिका वडा नं. ५ मा रहेको श्री माध्यमिक विद्यालय मह्म्म्दपुर आइशोलेशन कक्ष निर्माण गर्नेका लागि स्थलगत निरिक्षण समेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News