अपडेट 
२०७७ जेष्ठ ८, बिहीबार १५:३१

रौतहट ।प्रहरीले रौतहटको इशानाथ नगरपालिका–९ स्थित भारतीय सीमावर्ती क्षेत्रबाट १० लाख नगदसहित मोटरसाइकल बरामद गरेको छ ।

बिहान ६ बजेर ३० मिनेटमा १० लाख नगद र ना५४प २११६ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीले चेकजाँच गरिरहेको देखेपछि मोटारसाइकलमा आएका दुई व्यक्ति मोटरसाइकल छाडेर भागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रवीराज खड्काले तस्कर समूहको मोटरसाइकल हुन सक्ने बताए । उनका अनुसार भारतबाट तस्करीको सामान लिन जाने क्रममा प्रहरी देखेर तस्कर भागेको हुन सक्छ ।

Comment


Related News

Latest News

Trending News