अपडेट 
२०७७ जेष्ठ ९, शुक्रबार ०८:००

जनकपुरधाम । मिथिला क्षेत्रका महिलाहरुले मनाउने बट सावित्री पर्व शुक्रबार (आज) मनाइँदैछ । तर पर्व भने घरभित्रै मनाउनुपर्ने भएको छ ।

आफ्ना पतिको दिर्घायु र सु–स्वास्थ्यको कामना गर्दै मिथिला क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । वरको बृक्षमा धागो बाँधेर विधीपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ ।

यो पर्वका अवसरमा अघिल्ला बर्षहरुमा सार्वजनिक ठाउँमा भएका वरको बृक्षमा महिलाको भींड लाग्ने गरिएपनि यस पटक प्रहरीले घरमै यो पर्व मनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार मनाइने यो पर्व घरभित्रै मनाउन आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट बच्न लकडाउन लगाइएको समयमा घरभित्रै पर्व मनाउन प्रहरीले आग्रह गरेको हो ।

वट साबित्री पर्व सार्वजनिक स्थानहरुमा नमनाई आ–आफ्नो घर भित्र मनाई सक्रिय सहयोग एवं समन्वयका लागि जिल्ला प्रहरी कार्यालय, धनुषाले आग्रह गरेको हो ।

Comment


Related News

Latest News

Trending News