अपडेट 
२०७७ जेष्ठ ९, शुक्रबार ०८:४८

जनकपुरधाम । कोरोना भाइरस संक्रमितको संख्या प्रदेश २ मा स्थिर भएकोछ ।समाजिक विकास मन्त्रालय प्रदेश २को तथ्यांक अनुसार विहिवार कोरोना भाइरसको पोजेटिव टेस्ट आएन् ।

गत हप्ता सातवटै प्रदेशमध्ये संक्रमितको सर्वाधिक संख्या प्रदेश २ मा नै रहेको थियो ।तर विहिवार प्रदेशमा पोजेटिव केस देखिएको छैन् ।

प्रदेश २ मा हाल सम्म कुल ७ हजार २ सय ४२ स्वाब संकलन गरिएकोमा १ हजार ७ सय ७०को नतिजा आउन बाँकी छ ।१ सय ३७ संक्रमित देखिएका छन् ।५ हजार ३ सय ३५ रिर्पोट निगेटिव आएकोछ ।

प्रदेश २को सर्वाधिक संक्रमित पर्सा जिल्लामा ८८ छन् ।त्यसपछि रौतहट जिल्लामा २२ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।धनुषामा ८ जना, सर्लाही र बारा जिल्लामा ५÷५ जना कोरोना भाइरस संक्रमितहरु छन् ।त्यसैगरि महोत्तरी जिल्लामा ४ जना , सिरहा र सप्तरी जिल्लामा १÷१ जना संक्रमित रहेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

प्रदेश २ मा ४ सय ५१ आइसोलेशन बेड रहेकोमा १ सय ३८ जना भर्ना छन् ।आइसोलेशनमापनि सर्वाधिक पर्सा जिल्लामा ९७ जना रहेका छन् ।रौतहटको आइसोलेशनमा १८, धनुषामा १०, बारामा ८, सप्तरीमा ३ र सिरहामा २ जना आइसोलशनमा रहेका छन् ।महोत्तरी र सर्लाहीमा आइसोलेशनमा भर्ना छैन् ।

हाल सम्म २ सय १५ क्वारेन्टाइनमा ८ हजार ८ सय ९५ बेडको व्यवस्था गरिएकोछ ।क्वारेन्टाइनमा ६ हजार ९८ जना र होम क्वारेन्टाइनमा ५ हजार १ सय ७५ जना रहेका छन् ।

प्रदेश २ मा आरडीटी टेस्ट ५ हजार ८ सय ४४ भएकोमा १२ पोजेटिव र ५ हजार ८ सय ३२ निगेटिव रिर्पोट आएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।भारतबाट विहिवार धनुषामा ६० जना आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News