अपडेट 
२०७७ जेष्ठ ९, शुक्रबार १०:२५

जनकपुरधाम । समाजवादी पार्टीका प्रदेश सभासदलाई प्रहरीले दुरव्यवहार गरेको विरोधमा विहिवार प्रदर्शन गर्ने १५ जना युवालाइ प्रहरीले पक्राउपछि रिहा गरेको छ ।

जनकपुरधामको दक्षिणकाली मन्दिरदेखि सुरु भएको विरोध प्रदर्शनलाई प्रहरीले उपमहानगरपालिका कार्यालयको अतिथिगृह नजिक नियन्त्रणमा लिएको थियो ।

प्रहरीले लकडाउनको उल्लंघनगर्दै विरोध प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जनाए ।उनीहरुलाई साँझ छाडिएको कार्कीले बताए ।

तर समाजवादी पार्टीका युवा नेता दिपेश यादवले लकडाउनमा समाजिक दुरीको अनुशासनलाई पुर्ण पालनागर्दै विरोध प्रदर्शन गरेका युवा नविन यादव सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको आरोप लगाए ।

‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने लोकतान्त्रिक मान्यतालाई प्रहरीले समाप्त गर्न खोजे’ यादवले भने, प्रदेश सांसदलाई दुरव्यवहार गर्ने , शान्तिपूर्ण प्रदर्शन गर्न नदिने प्रहरीको भूमिका लोकतन्त्र विरोधी हो ।

Comment


Related News

Latest News

Trending News