अपडेट 
२०७७ जेष्ठ ९, शुक्रबार २२:१७

सिरहा । सिरहाका पत्रकार मनोज बनैतामाथि प्रहरीले शुक्रबार दुव्र्यबहार गरेका छन् । गाउँबाट लहानतर्फ आउने क्रममा लहानमा प्रहरीले मोटरसाइकल रोकेर दुव्र्यबहार गरेको पत्रकार बनैताले बताए ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका कोषाध्यक्ष समेत रहेका बनैतालाई लहानमा प्रहरीले मोटरसाइकल रोकेर चाबी खोस्दै गालीगलौज गरेको बताए । उनले असई आरएन यादवले आफूमाथि दुव्र्यबहार गरेको उनले बताएका छन् ।

आफू संचारकर्मी भएको कार्ड देखाउँदा देखाउँदै पनि असई यादवले चाबी खोसेर गालीगलौज गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News