अपडेट 
२०७७ जेष्ठ ११, आईतवार ०७:४४

सप्तरी । लकडाउन छलेर भारतबाट नेपालतर्फ आइरहेका एक जना भारतीयसँग नौ लाख नेपाली रुपैयाँ सप्तरी प्रहरीले बरामद गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाँस्थित कोशी पलारबाट ती भारतीय पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बथनाहा निवासी २८ बर्षीय फुल कुमार मेहता छन् । लक डाउनको समयमा मेहता कोशी पलार हुँदै आइरहेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ बाट उनलाई रुपैयाँसहित नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ लुकीछिपी आउँदै गर्दा २८ बर्षीय मेहताले हातमा झुन्ड्याउने नाईलनको झोलामा २ किलो चिनीले छोपेर रुपैयाँ ल्याउँदै गर्दा फेला पारिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय राजविराजको नियन्त्रणमा राखी थप अनुसन्धान शुरु गरिएको भारतीले बताए ।

Comment


Related News

Latest News

Trending News