अपडेट 
२०७७ जेष्ठ ११, आईतवार ०७:५२

मलगंवा । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सर्लाहीमा अस्थाई कोरोना बिशेष अस्पताल खडा गरिएको छ । यसअघि बीरगंज र जनकपुरमा कोरोना संक्रमितको लागि आइसोलेसन वार्ड खडा गरिएको थियो । तर, संक्रमितको संख्या ह्वातै बढेपछि दुवै ठाउँमा व्यवस्थापन गर्न शैय्या अभाव भएको हो । अघिल्लो समयमा सर्लाहीमा बढेको संक्रमितलाई व्यवस्थापन गर्न स्थानीय स्तरमै आइसोलेसन वार्ड खडा गरिएको हो ।

गएको दुई दिनमा सर्लाहीमा २८ नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितको संख्या थपिदै गएपछि जिल्लामा डरत्रासको अवस्था सृजना भएको छ । शनिबार १३ जना संक्रमित थपिएको छ । यसअघि शुक्रबार पनि १५ जना कोरोना संक्रमित फेला परेको थियो । जस मध्ये गोडैता न.पा.का १४ जना र १ जना महिला रामनगर गा.पा.का थिए । रामनगर गा.पा.की महिलाको उपचार काठमाण्डौंमै भईरहेको छ भने गोडैता न.पा. मा भेटाएको १४ जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको गोडैताका मेयर देवेन्द्र कुमार यादवले बताए ।

शनिबार भेटाएको १३ जना संक्रमित मध्ये १ जना कविलासी न.पा.को रहेका छन भने १२ जना गोडैता नगरपालिकाका छन । कविलासी नपाका संक्रमितको उपचार काठमाण्डुमा भईरहेको छ भने शनिबार भेटिएको गोडैता नं.पा.का १२ जना संक्रमितलाई राख्ने ठाउँ प्रादेशिक अस्पताल जनकपुर र क्षेत्रिय अस्पताल बिरगंजमा नभएपछि सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सन्तअल्पमाई नर्सिग कलेजमा बाध्यवस ५० बेडको अस्थाई कोरोना बिशेष अस्पतालको निर्माण गरेको प्रजिअ मोहनबहादुर जिसीले बताए । संक्रमितहरुलाई यस अस्पतालमा ल्याई उपचार प्रकृया अगाडी बढाईने भएको छ ।

Comment


Related News

Latest News

Trending News