अपडेट 
२०७७ जेष्ठ ११, आईतवार ०८:००

जनकपुरधाम । प्रदेश २ का प्रमुख तिलक परियारले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्रका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थका लागि शुभकामना दिएका छन् ।

शनिबार एक शुभकामना सन्देश मार्फत् परियारले शुभकामना दिएका हुन् । धार्मिक तथा सांस्कृतिक विविधताले समृद्ध हाम्रो मुलुकमा यस पर्वले राष्ट्रिय एकता र आपसी सद्भाव थप मजबुत हुनुका साथै हाम्रा मौलिक परम्पराहरुको संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

विश्व मानव जातिलाई त्रसित बनाइरहेको कोरोना भाइरस (कोविड–१९)को महामारीले यतिबेला हाम्रो मुलुक तथा विशेषगरी प्रदेश नम्बर २ लाई अत्यन्तै जोखियुक्त बनाइरहेको उल्लेख गर्दै उनले यस समवेदनशील घडीमा आफू, आफ्नो परिवार र समाजलाई बचाउन हामी सबैमा संयमता र धैर्यताका साथ अघि बढ्ने दृढ सङ्कल्प, कडा अनुशासन र एकताबद्ध सहकार्यको जरुरी रहेको उनले बताएका छन् । ‘यसका लागि विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारका तीनवटै तहले जारी गरेका सामाजिक दुरी कायम गर्नेलगायतका निर्देशनहरुलाई कडाइपूर्वक पालना गर्नका लागि विशेष अनुरोध समेत गर्दछु’ उनले भनेका छन् ।

यस महामारीबिरुद्धको लडाइमा अग्रभागमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेवक तथा सञ्चारकर्मीहरुको उच्च सम्मान गर्दै उनले महामारीबाट ज्यान गुमाउने नेपाललगायत विश्वका सम्पूर्ण जनसमुदायप्रति भावपूर्ण श्रद्धान्जली अर्पर्ण गर्दै सङ्क्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News