अपडेट 
२०७७ जेष्ठ ११, आईतवार ०८:३१

काठमाण्डु ।देशमा कोरोना भाइरस संक्रमितको संख्या शनिवार दिउँसो ५ सय ८४ पुगेकोछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या थपिएकोछ ।बिहान ३२ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाएका छन् ।

सेती अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका ४ जना छन् । आरडीटी पोजिटिभ भेटिएका २२ वर्षिय १ र २७ वर्षीय १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा.देवकोटाले जनाए । त्यसैगरी कोसी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरिएका झापाको डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

सर्वाधिक संक्रमित बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा पुष्टि भएकोछ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नरैनापुर मदरसाका ६ जना १७ देखि ३२ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरि नरैनापुर–३ बाँकेको राष्ट्रिय प्रावि गोगलीका १५ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित पुष्टि भएकाहरुमा १६ देखि ३२ वर्षका पुरुष हुन् । नरैनापुर बाँकेकै ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु २२ देखि ५० वर्षका पुरुष छन्। बर्दियाका १ जना १९ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। त्यसैगरी सुर्खेतमा २ पुरुष र १ महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार शनिवार बिहानपनि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जनाए ।उनका अनुसार बारा जिल्लाको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलाको रिर्पोटपनि पोजिटिव आएकोछ ।

यसैगरि कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । काठमाण्डुका ३५ वर्षीय पुरुषको रिर्पोटपनि पोजिटिव आएकोछ ।

त्यसैगरि कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जनाए ।


त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय १ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेकोछ ।

संक्रमितहरु मध्ये पुरुष ५ सय ५ जना र महिला ७९ जना समेत कुल संख्या ५ सय ८४ पुगेको छ ।मन्त्रालयका अनुसार कोरोना भाइरसलाई जितेर ७० जना घर फर्केका छन् । हाल सम्म कोरोना भाइरस संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाए अनुसार हाल सम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ९४ र आरडीटी विधिबाट ४ हजार १ सय १९ जनाको नमुना परीक्षण गरिएको छ ।

संक्रमितहरुमा भारतबाट फर्कने नेपालीहरुपनि छन् ।उनीहरु विभिन्न क्वारेन्टाइनमा रहेको र त्यहाँ हुने परीक्षणको क्रममा संक्रमित देखिएका छन् ।कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो केहि दिनदेखि बढिरहेकोछ ।तर देश व्यापी रुपमा टेस्ट किटको अभावको कारण आवश्यकता अनुसार परीक्षण हुन सकिरहेको छैन् ।

Comment


Related News

Latest News

Trending News