अपडेट 
२०७७ जेष्ठ ११, आईतवार ११:४२

जनकपुरधाम ।प्रदेश २ मा कोरोना भाइरस संक्रमितहरुको संख्या प्रतिदिन बढदै गएपनि पीसीआर टेस्टमा कमि आएकोछ ।

पीसीआर टेस्टका लागि स्वाब संकलनमा कमि आएको छ ।अर्को तर्फ संकलन भएको स्वाबको टेस्टको नतिजा आउनपनि ढिला भइरहेकोछ ।शुक्रवार संकलित २ सय ९४ सहितको २ हजार २ सय ३४ स्वाबको रिर्पोट आउन बाँकी छ ।शनिवार ४ सय ९ स्वाब संकलन गरिएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार हाल सम्म ७ हजार ९ सय ४५ स्वाब संकलन भएकोमा १ सय ७१ जनामा कोरोना भाइरस पोजिटिव देखिएकोछ ।५ हजार ५ सय ४० जनाको रिर्पोट निगेटिव आएकोछ ।

आडीटी विधिबाट हाल सम्म ५ हजार ८ सय ६५ जनाको टेस्ट भएकोमा १२ जनाको पोजिटिव र ५ हजार ८ सय ८९ जनाको निगेटिव रिजल्ट आएको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा २० वटा क्वारेन्टाइन थपिएको छ ।अब क्वारेन्टाइनको संख्या २ सय ४८ पुगेकोछ ।११ हजार ७ सय ८७ बेड रहेको क्वारेन्टाइनमा हाल सम्म ८ हजार १ सय ८९ जना रहेका छन् ।होम क्वारेन्टाइनमा ५ हजार २ सय २० जना रहेको मन्त्रालयले जनाएकोछ ।

आइसोलेशनमा ४ सय ५१ बेड रहेकोमा १ सय ७० जना भर्ना छन् ।वीरगञ्जको नारायणी अस्पतालबाट शनिवार साँझ ९ जना निको भएर घर फर्केका छन् ।घर फर्किनेमा ८ जना नेपाली र १ जना भारतीय नागरिक छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मदन उपाध्यायका अनुसार साँझ डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिकाका ३ , बाराका २ र रौतहटका ३ जनागरि ८ जना नेपाली र १ जना भारतीय हुन् ।अस्पतालमा ल्याएर भर्ना गरेपछिको लगातार दोश्रो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले उनीहरुलाई घर पठाइएको अस्पतालले जनाएकोछ ।

समाजिक विकास मन्त्रालयका अनुसार वीरगञ्जको आइसोलेशनमा ९७ र जनकपुरधामको आइसोलेशनमा २९ जना रहेका छन् ।सर्लाही जिल्लामा संक्रमितहरुको संख्या बढेपनि आइसोलेशन नभएकाले जनकपुर र बीरगञ्जमा भर्ना गरिदै आएकोछ ।महोत्तरी जिल्लाको आइसोलेशनपनि खाली छ ।

Comment


Related News

Latest News

Trending News