अपडेट 
२०७७ जेष्ठ ११, आईतवार १२:०५

सिकेन्द्र पासवान
कलैया ।
कलैया उपमहानगरपालिकामा कुहिएको दाल वितरण गरेको घटना सेलाउन नपाउँदै आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ मा राहतमा गुणस्तरहीन चामल बाँडेको स्थानियहरुले आरोप लगाएका छन् ।

वडामा रहेको १ सय ९६ जना मजदुर, गरिब, असहाय र बिपन्नहरुलाई बाँड्नुपर्ने भएपनि १ सय ६६ जनालाई मात्र सो चामल प्रति ब्यतिm २५ किलोको दरले वितरण गरेको थियो । चामलमा डल्लो निक्लेको भन्दै स्थानियहरुले ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श गराएको थियो ।

जिल्लाबाट गएको टोलीले चामलको नमुना नापतोल तथा गुणस्तर बिभाग हेटौडामा पठाएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । रिपोर्ट आएपछि प्रक्रिया अगाडी बढाउने एसपी पंगेनीले बताए । कसैले लिखित उजुरी दिएको छैन उनले जानकारी दिए ।

कुन बिधी र मापडण्डबाट राहत वितरण गरिएको हो स्थानिय राकेश प्रसाद कुसवाहाले सवाल तेस्र्याए । यता वडाअध्य बिनोद राउत कुर्मीले सहपीको लक्ष्मीसंग खरिद गरि बितेको शुक्रबार खजुरिया ल्याउदै गर्दा असिना र पानीले भिजेको बताउदै पानीका कारण केही चामलमा डल्लो भएको बताए ।

यस्ता चामलहरुको बोरा फिर्ता गरेको र बाँकी चामल सुकाएर खाने योग्य भएको बाडेको बताए । केही ब्यतिmहरुले मेरो चरित्र हत्या गर्ने काम गरेको भन्दै चामल गुणस्तर ठहरिए आफु सजाय भोग्न तयार रहेको वडाअध्यक्ष कुर्मीले भने ।

Comment


Related News

Latest News

Trending News