अपडेट 
२०७७ जेष्ठ ११, आईतवार १२:१५

जीतपुर । डिभिजन बन कार्यालय सिमरा बाराले टाँगियाबस्तीमा छापामारी गरी शनिबार लुकाईछिपाई राखेको चार लाख मुल्य बराबरको सालको काठ बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी र डिभिजन बन कार्यालयको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्तीमा लुकाईछिपाईराखिएको १ सय ३३ क्युफिट काठ बरामद गरेको हो ।

बस्तीका बिभिन्न सात वटा ठाउँको बारी तथा गोठमा लुकाईछिपाई राखिएको ११ थान काठको गोलिया र १ सय २६ थान चिरानको काठ बरामद भएको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिए ।

बरामद काठलाई सब डिभिजन कार्यालय तामागढीको नियन्त्रणमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाईएको अहमदले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News