अपडेट 
२०७७ जेष्ठ ११, आईतवार १२:३९

जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको लाखौ मुल्य बराबरको अवैध मालसमान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कार्यालयबाट शनिबार खटिगएका प्रहरीले टोलीले जिल्लाको विभिन्न नाकाहरुबाट सो मालसमान बरामद गरेको हो । धनौजी गाउँपालिका–४ मुसहरीटोलस्थित प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटि गएको गस्ति टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवैध मालसमान बरामद गरेको हो ।

ज ७ प ४०६१ नम्बरको मोसालाई चेकजाचँ गर्दा भन्सार छली गरी ल्याउदै अवैधल मालसमान बरामद गरेको हो । राजनिवास १०० पोका (चालिस हजार बराबर),पानपराग पत्ती(सुर्ती) १०० पोका (दश हजार बराबर), खाने तेल मसाल २५ बोतल(तीन हजार बराबर), एक मोटरसाइकल (दुई लाख पचास हजार) बरामद गरेको छ । समानसहित मोसा चालक १८ वर्षिय राकेश यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको छ ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीबाट जनकपुरतर्फ आउदै गरेको ज ६ प ६०९७ नम्बरको मोसालाई चेकजाँच गर्दा राजनिवास (गुटखा)२५ पोका (पच्चिस हजार बराबर)को बरामद गरेको छ । मोसा चालक महोत्तरी जलेश्वर न.पा. ११ बस्ने ३४ वर्षिय जितेन्द्र कुमार साह सहितलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको छ ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका–४ स्थित वेवारिसे अवस्थामा रहेको राजनिवास ८५ पोका , लहठी १ काटुन र मेसनरी पार्ट – १ बोरा समेत गरी करिब ५१,७००।– बराबरको समानहरु बरामद गरी आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएकोछ

Comment


Related News

Latest News

Trending News