अपडेट 
२०७७ जेष्ठ ११, आईतवार २३:४३

काठमाण्डु । बाँके र बर्दियामा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार र बर्दियाका एक जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

। संक्रमित हुनेमा बाँके राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुष तथा बर्दिया बासगढी नगरपालिका–९ का २५ वर्षका पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News