अपडेट 
२०७७ जेष्ठ १२, सोमबार ०९:५६

राजविराज । सप्तरीका सरोकारबालाहरुले सप्तरीमा निर्माण गर्ने भनिएको रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिाक लागि बजेट उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउँदै प्रतिष्ठानका लाग बजेट छुट्टयाउन माग गरेका हुन् ।

पूर्व सिंचाई मन्त्री उमेश यादव, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, पूर्व विधायक असर्फी सदा, पूर्व सांसद दानालाल चौधरीसहितका नेताले सरोकारबाला जनसमुदाय प्रधानमन्त्रीसँग आशावादी रहेको हुँदा आर्थिक बर्ष २०७७÷०७८ को बजेट बक्तब्य मार्फत् आवश्यक बजेट विनियोजन गरी गतिका साथ यस प्रतिष्ठानसँग सम्बन्धित सम्पूर्ण प्रकृया अगाडि बढाउनुपर्नेमा जोड् दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले उद्घोष गरेको कुरालाई बिर्सन लागेको भन्दै उनीहरुले आफ्ैबिरुद्व आन्दोलन हुन नदिन सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्दै मुलुककै प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाम जोडेर राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने बताएको नेकपा नेताहरुले बताएका छन् । तर प्रधानमन्त्री आफैंले घोषणा गरेपनि आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन नगरेको भन्दै उनीहरुले आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पठाएका छन् ।

‘जनताले विकास निर्माणका लागि, त्यसमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको उद्घोषलाई मूर्त रुप दिन अगाडि बढिसकेको योजनालाई बीच बाटोमा अवरोध पार्ने, गायव गर्ने प्रबृत्तिको बिरुद्वमा आन्दोलित हुनुपर्ने स्थिति यहाँको कार्यकालमा आउन दिनुहुने छैन भन्ने विश्वासका साथ ध्यानाकर्षण गराउन चाहन्छौं’ पठाइएको ज्ञापनमा भनिएको छ ।

Comment


Related News

Latest News

Trending News