अपडेट 
२०७७ जेष्ठ १२, सोमबार १०:४६

काठमाण्डु ।जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले प्याकेजमै संविधान संशोधनका लागि पहल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई गरेको आग्रहलाई पदाधिकारी बैठकमा महत्व दिइएन् ।

देउवाले जसपाका नेताहरुलाई पदाधिकारी बैठकमा छलफल गरिने आश्वासन दिएका थिए ।तर आइतवार बसेको पदाधिकारी बैठकमा उनले जसपाका नेताहरुले भेंटेर गरेको आग्रहबारे जानकारीदिदा सहभागिहरुले त्यो अर्कै विषय भएकाले पछि छलफल गर्न सकिने भन्दै महत्व दिएन् ।

काँग्रेस पदाधिकारी बैठकले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको समर्थन गरेको छ । सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँनक्सामा लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेकोछ ।सो नक्सालाई संविधानको अंग बनाउन निशान छापमा समावेश गर्न संसदमा दर्ता गरिएको संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेकोछ ।

सरकारले हाल रहेको निशान छाप परिवर्तनका लागि शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो । संविधान संशोधनका लागि दुई तिहाई चाहिन्छ ।काँग्रेसले संविधान संशोधनको पक्षमा निर्णय गरेपछि सरकारले दर्ता गरेको प्रस्ताव पारित हुने निश्चित भएको छ ।

संविधान संशोधनपछि कालीपानी क्षेत्रको नेपाली भूभाग संवैधानिक रुपमा नेपालको भूभाग भित्र समेटिने छ ।कांग्रेसका पदाधिकारीहरुको बैठकले सविधान संशोधनको प्रकृयालाई अगाडी बढाउन निर्णय लिएकोछ ।

संसदमा रहेका विपक्षी दलहरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)ले मधेशको असन्तुष्टिलाई समेत समावेशगरि प्याकेजमै संविधान संशोधनगर्न सघाउन काँग्रेसलाई आग्रह गरेका थिए । विपक्षी दलहरुले प्याकेजमै संविधान संशोधनका लागि काँग्रेसको साथ खोजेको बिषयमा भने पदाधिकारीहरुले छलफल समेत गरेनन् ।

यद्यपी देउवाले जनता समाजवादीका नेताहरु प्याकेजमै संविधान संशोधनको बिषय लिएर आफूलाई भेट्न आएको बैठकमा जनाउ दिएका थिए ।

प्याकेजमा संविधान संशोधन गर्न काँग्रेसले सहयोग नगर्ने अनुमान गरिसकेका जसपाका नेताहरुले अब संशोधनलाई पारित गर्ने पक्षमा जानुपर्ने बाध्यता देखिएको छ ।राष्ट्रियतासित जोडिएको सवालमा मधेशी दलहरु संविधान संशोधनको मतदानमा अनुपस्थित भएर आलोचनाको शिकार हुन चाहने छैन् ।

जसपाका नेताहरु यस विषयमा हाल कुनै निर्णय लिइसकेको छैन् ।तर कतिपय नेताहरुले संशोधनको पक्षमा नै उभिनु पर्ने सुझाव दिएका छन् ।

Comment


Related News

Latest News

Trending News