अपडेट 
२०७७ जेष्ठ १२, सोमबार ११:०१

जनकपुरधाम ।भारतबाट प्रदेश २ मा आइतवार साँझ सम्म ४ हजार ६ सय ६४ जना नेपाली आएको प्रादेशिक प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुरधामले जनाएकोछ ।

प्रहरी कार्यालया अनुसार प्रदेश २ को ८ वटै जिल्लाको मुख्य सीमा नाका हुँदै गत आइतवारदेखि ८ दिनमा ४ हजार ६ सय ६४ जना नेपालमा प्रवेश गरेका छन् । प्रदेशको विभिन्न पालिकाहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएकोछ ।

भारतीय सीमामा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहसम्म पु¥याएर क्वारेन्टाइनमा राखिएको प्रादेशिक प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले जनाए ।

सापकोटाका अनुसार धनुषाको जटही नाकाबाट ६ सय ७ जना, महोत्तरीको भिठ्ठामोड नाकाबाट ५ सय ६७ जना, सिरहाको माडर नाकाबाट ७ सय ३४ जना , सप्तरीको कुनौली नाकाबाट ७ सय ५४ जना , सर्लाहीको सोनवर्षा नाकाबाट ६ सय १, रौतहटको बैरगिनिया नाकाबाट ६ सय ९७ जना , बारा जिल्लाको नाकाबाट २ सय ३९ र पर्साको रक्सौल नाकाबाट ४ सय ६५ जना नेपाल आएका छन् ।

भिठ्ठामोड नाकाबाट अछाम, रुकुम र रोल्पाका समेत १ सय भन्दा बढी मानिस नेपाल भित्रिएको एसपी सापकोटाले जनाएका छन् ।

नेपाल र भारती अधिकारीहरुबीच भएको सहमति अनुसार नेपालको सीमावर्ती जिल्लाहरुबाट भारत फर्किन चाहनेहरुलाई जान दिएको छ ।

एसपी सापकोटोले जनाए अनुसार नेपालमा रहेका भारतीयहरुलाई समेत भारततर्फ फर्काइएको छ । सप्तरी नाकाबाट ९५ जना, सिरहा नाकाबाट ६६जना, रौतहट नाकाबाट २ सय १२ जना, बारा नाकाबाट ६७ र पर्सा नाकाबाट ४ हजार १ सय ८९ जनालाई भारतीय अधिकारीहरुको जिम्मा लगाइएको उनले बताए ।


प्रदेश २ मा आइतवार क्वारेन्टाइनको संख्या २ सय ६४ पुगेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।क्वारेन्टाइनमा रहेको १२ हजार ९ सय १८ बेड रहेको क्वारेन्टाइनमा ९ हजार २ सय २० रहेको र होम क्वारेन्टाइनमा ५ हजार २ सय ९६ जना रहेको मन्त्रालयले जनाएकोछ ।

प्रदेशको कुल ४ सय ८१ आइसोलेशन बेड मध्ये १ सय ७३ जना रहेका छन् ।आइसोलेशनको बेड थपिन काम भइरहेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

पीसीआर प्रबिधिबाट परीक्षणका लागि हाल सम्म ८ हजार २ सय ५२ स्वाब संकलन गरिएकोमा १ सय ७९ जना पोजिटिव देखिएका छन् ।१ हजार ९ सय ५६ जनाको स्वाबको रिर्पोट आउन बाँकी छ ।आइतवार ३सय ९ जनाको स्वाब मात्र संकलन भएकोछ ।

प्रदेश २ को पछिल्लो २ दिनमा सर्लाही जिल्लामा कोरोना भाइरस सक्रमित बढी पुिष्ट भएकोछ ।तर आइतवार सर्लाही, बारा, रौतहट र महोत्तरी जिल्लामा स्वाब संकलन भएको छैन् ।समाजिक विकास मन्त्रालयका अनुसार सिरहामा १ सय ३६, धनुषामा ९९, पर्सामा ७१ र सप्तरी जिल्लामा ३ स्वाब संकलन भएकोछ ।

प्रदेशको पर्सामा ९०, बारामा १३, रौतहटमा २३, सर्लाहीमा ३४, महोत्तरीमा ४ , धनुषामा ८, सिरहामा १ र सप्तरीमा २ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।

प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जडान हुन लागेको आरटी पीसीआर मेसिनमा सोमवारबाट परीक्षण सुरु हुने बताइएकोछ ।

Comment


Related News

Latest News

Trending News