अपडेट 
२०७७ जेष्ठ १२, सोमबार ११:२८

काठमाण्डु ।नेपालमा आइतवार दिउँसो सम्म कोरोना संक्रमितको संख्या ६ सय नाघेकोछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाए अनुसार कोरोना भाइरसको संक्रमण ४२ जिल्लामा पुगेकोछ ।

आइतवार पुष्टि भएको १९ जना समेत संक्रमितहरुको संख्या ६ सय ३ पुगेको छ ।संक्रमितहरु मध्ये ५ सय २४ जना पुरुष र ७९ जना महिला छन् ।

मन्त्रालयले पुष्टि गरेको कोरोना भाइरस संक्रमितहरुमा बाराका ३२ वर्षीय पुरुष, पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुष, काठमाण्डुका ७९ वर्षीय पुरुष, नुवाकोटका ३९ वर्षीय पुरुष र झापा बाह्रदशीका ४५ वर्षीय पुरुष रहेका छन् ।

शनिवार देशभरि ६८ जना कोरोना भाइरस संक्रमितको पुष्टि भएको थियो ।आइतवार संक्रमितहरुको सकृय केसमा कमि आएको देखिएकोछ ।तर पीसीआर टेस्टमा कमि आएकालेपनि संक्रमितहरुको समयमै पहिचान हुन सकिरहेको छैन् ।अझैपनि आरडीटीबिधिबाट टेस्टगर्दै क्वारेन्टाइनमा रहेकाहरुलाई घर फर्काउन थालिएकोछ ।

नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेकोछ ।त्यस मध्ये ८७ जना निको भएर घर फर्केका छन् । ३ जनाको कोरोना भाइरसबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् ।

कोरोना भाइरस संक्रमितहरु मध्ये सर्वाधिक प्रदेश नम्बर ५ मा रहेका छन् । प्रदेश ५ का ७ जिल्लामा २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।त्यसपछि प्रदेश २ कोरोना भाइरस संक्रमितहरुको संख्या १ सय ७९ पुगेकोछ । प्रदेश २ को ८ वटै जिल्लामा कोरोना भाइरस पोजिटिवहरु देखिएका छन् ।

प्रदेश १ का ७ जिल्लामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । त्यस्तै बागमती प्रदेशका ११ जिल्लामा ३४ जना कोरोना भाइरस संक्रमित रहेको पुष्टि भएकोछ । यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना कोरोना भाइरस संक्रमित देखिएका छन् । कर्णाली प्रदेशका २ जिल्लामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जनामा कोरोना भाइरसको पुष्टि भएकोछ ।

आइतबार १७ जनाले कोरोना भाइरससितको युद्ध जितेका छन् । कोरोना जित्नेमा वीरगन्जको नारायणी अस्पतालमा ७ जना र बुटवलको धागो कारखानाबाट १० जना गरी १७ जनाले कोरोना जितेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।नारायणीमा डिस्चार्ज हुनेमा बारा पर्सा र रौतहटका स्थानीय हुन् ।

Comment


Related News

Latest News

Trending News