अपडेट 
२०७७ जेष्ठ १२, सोमबार १२:२५

रौतहट–रौतहटमा थप २६ जना सहित ७२ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
जिल्लाको राजपुर नगरपालिका वडा नं. २, ६, ८ र ईशनाथ नगरपालिका वडा नं. २ मा १८ देखि ५३ बर्ष सम्मका व्यतिmमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । यसअघि २३ जनामा संक्रमण देखिएकोमा सोमबार थप २६ जनामा गरी रौतहटमा ४९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये नारायणी अस्पताल बिरगंजमा उपचारत ३ जनाको निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसको संक्रमण देखिएको अधिंकाश भारतबाट आएका व्यतिm रहेका छन् ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रौतहट, कपिलबस्तु, सप्तरी, बाँके, बारा, दैलेख र बर्दियामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा रौतहट राजपुर तथा ईशनाथका २६ जना पुरुषमा संक्रमण देखिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News