अपडेट 
२०७७ जेष्ठ १३, मंगलवार १७:३९

लहान । सिरहाको विष्णुपुरस्थित चन्दन कृषि सहकारी संस्थाको एम्बुलेन्सले लकडाउनको मौका छोपेर सर्वसधारण यात्रु ओसार्ने गरेको पाइएको छ ।

गोलबजारबाट एक यूवती बोकेर बारा लगेको र फेरी त्यहांबाट अर्को यूवती ल्याएको खुलेपछि दुई चालकलाई क्वारेन्टाइनमा राखिएको छ । बाराको कलैयाबाट ल्याएको यूवती भने फरार भएकी हुन् । पहिचान खुल्न नसकेकी उनी किन आएकी थिइन् भन्ने कुरा खुल्न सकेका छैन् ।

स।१च। ६४१ नम्बरको एम्बुलेन्स चालक शिवशंकर यादव र अर्का चालक धिरेन्द्र यादवलाई क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । यात्रु ओसार्ने काम शिवशंकरले गरेका थिए । सोही कारण उनलाई गोलबाजार क्वारेन्टाइनमा राखियो । तर पछि उनले आफु बच्न पैसाको लोभ देखाएर धिरेन्द्रलाई चालक बनाए । त्यसपछि धिरेन्द्रलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

एम्बुलेन्समा यूवती बोकेर बाराको कलैया शुक्रवार राति पुगेका थियो । शनिवार कलैयाबाट अर्को यूवती बोकेर गोलबजार नगरपालिका ४ फर्किए । बारा कोरोना संक्रमणको ुहटस्पटु बनेको छ । तर त्यहांबाट यूवती ल्याएको थाहा पाएपछि स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेका थिए ।

प्रहरी र स्वास्थ्यकर्मीको टोली चालक शिवशंकरको घर पुगेपछि यूवती भागिन् । पछि चालक शिवशंकरलाई प्रहरी र स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइन लगियो । स्रोतका अनुसार गोलबजारकी यूवतीलाई बारा पुर्याउन एम्बुलेन्स चालक शिवशंकरले २५ हजार लिएका थिए ।

एम्बुलेन्स सहकारीको नाममा छ । तर सहकारीले कानुन विपरित एम्बुलेन्स बिक्री गरेका हुन् । एम्बुलेन्स खरिद गरेका शिवशंकरले लकडाउनको मौका छोपेर कमाउ धन्दामा लागेका छन् । सर्वसधारणसंग मात्र मोटो रकम लिएर ओसार्ने गरेको स्थानीय बताउछन् ।

Comment


Related News

Latest News

Trending News