अपडेट 
२०७७ जेष्ठ १३, मंगलवार १९:१२

महोत्तरी ।कोरोना महामारीकै बीच महोत्तरीका किसान एकपछि अर्को विपत्ति खेपिरहेका छन् । लकडाउनले आफ्ना उत्पादन बजार पु¥याउन नसकेर पिरोलिएका किसानलाई बालीमा रोगको प्रकोप र यसैबेला हावाहुरीको विपत्ति खेप्नु परेको छ ।

पछिल्लोपटक सोमबार साँझको हावाहुरीले फलपूmल सोत्तर पारेको छ । कैयौँ रोगब्याधबाट बचाइएको आँप, लिचीसहितका फल हावाहुरीले बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नपाइएको यहाँका किसान बताउँछन् ।

“यसपालि वैशाखी तरकारी धेरै बोटमै बुढिए, कति पशुबस्तुलाई खुवाइयो”, गौशाला नगरपालिका–१२ का किसान रामईश्वर रायले भन्नुभयो, “मकै फौजी किराले सोत्तर बनायो, अहिले हावाहुरीले बोटको आँप सद्दे राखेन ।” कोरोना सन्त्रास छल्न जारी लकडाउनभित्रै सबै आपत्विपत् किसानकै टाउका बज्रँदै आएका रायको बिलौना छ ।

सोमबार साँझको हावाहुरीले आँप, लिचीसहितका फल बग्रेल्ती झार्नाका साथै कतिपय ठाउँमा रुखै ढालेपछि किसान आपूmमाथि परेको विपत्ति आँखाभरि हेर्दै टोलाएका छन् । “अब गुजाराको अन्तिम आस गरिएको आँप बगैँचाले पनि साथ दिएन ।” पछिल्लो हावाहुरीले जिल्लाका गौशाला, औरही, रामगोपालपुर, लोहारपट्टि, बर्दिवास र भङ्गाहा नगरपालिका क्षेत्रमा बढी क्षति गरेको छ । हावाहुरीले पराले झुप्रा बस्तीमा बिचल्ली गराएको छ । घरका छाना उडाएर घरझुप्रा उदाङ्ग भएपछि गरिब बस्तीका बासिन्दा खुला आकाशमुनि कडा घामको राप खेप्न विवस भएका छन् ।

हावाहुरीले कैयन ठाउँका विद्युतीय खाँबा (पोल) ढालेर तार चुँडाएपछि कैयौँ बस्ती विद्युत् सेवाबाट वञ्चित भएका छन् । अहिले ढलेका पोल उठाउँदै तार जोड्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख विक्रम साहले बताउनुभयो । यसअघि आइतबार साँझ पनि हावाहुरीले जिल्लामा निकै क्षति गरेको थियो । लगातार दुई दिनको हावाहुरीले गरेको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । स्थानीय तहका वडासमिति, प्रहरी इकाइ विवरण सङ्कलनमा जुटेका जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News