अपडेट 
२०७७ जेष्ठ १४, बुधबार ०६:३६

जनकपुरधाम । हावाहुरीबाट विलास हाँस तथा कुखुरा फारममा भारी क्षति भएकोछ ।सोमवार राती ८ बजे ठूलो हावाहुरी आएको थियो ।फारममा २० लाख बढीको क्षति भएको बताइएकोछ ।

सो हावाहुरीले क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ४ ढल्केवर–जनकपुरधाम सडक खण्डमा रहेको विलास हाँस फारमको करिब डेढ सय फिट लामो चदराको ट्रस(सेड)लाई उडाइदिएकोछ ।

फारमका सञ्चालक रामविलास दासले जनाए अनुसार फारममा रहेको डेढ हजार बढी हाँस मध्ये १ हजार २ सय भन्दा बढी मरेका छन् ।उनका अनुसार केहिलाई विभिन्न जनावरहरुले खाएका छन् ।

५लाख भन्दा बढीको हाँस र १५ लाख भन्दा बढी मुल्यको ट्रस(सेड)को क्षति भएकोछ ।अढाई दशकदेखि हाँस पालनगर्दै आएका रामविलास दासले हावाहुरीबाट क्षति भएपछि बाँचेका हाँसलाई राख्न समेत समस्या भएको बताए ।

Comment


Related News

Latest News

Trending News