अपडेट 
२०७७ जेष्ठ १४, बुधबार ०६:३९

सप्तरी । सप्तरीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । १ महिलासहित ११ जनामा मंगलबार कोरोना संक्रमण देखा परेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, राजविराजका अनुसार सबैभन्दा बढी बोदे बर्साइन नगरपालिकामा फेला परेका छन् । यो नगरपालिकाका ८ जना पुरुष संक्रमित देखिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । बोदे बर्साइन वडा नम्बर ६ का २०, १८ र १९ बर्षीय पुरुष, वडा नम्बर ९ का २० र २१ बर्षीय पुरुष, वडा नम्बर १ का १९ र २८ बर्षीय पुरुष तथा वडा नम्बर ७ का ५६ बर्षीय पुरुष छन् ।

उनका अनुसार बलान बिहुल गाउँपालिकाका २ जनामा संक्रमण देखिएको छ । १७ बर्षीया महिलासहित १ जना पुरुषमा समेत संक्रमण देखापरेको छ ।

सुरुङ्गा नगरपालिकाका १ जना पुरुष संक्रमित देखिएका छन् । संक्रमित सबै भारतबाट आएका हुन् ।

यी सबैको स्वाब संकलन गरी धरानस्थित घोपा क्याम्पको प्रयोगशालामा पठाइएको थियो । उनीहरुको रिपोर्ट मंगलबार आएको यादवले बताए । संक्रमितलाई क्वरेन्टाइनबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउन लागिएको छ ।

यो सँगै सप्तरीमा संक्रमितको संख्या १५ पुगेको छ । डाक्नेश्वरी नगरपालिका ३, ५ र ८ तथा बलान बिहुल गाउँपालिका ४ का एक पुरुष यसअघि नै संक्रमित भइसकेका छन् । संक्रमितहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News