अपडेट 
२०७७ जेष्ठ १४, बुधबार ०७:२८

सप्तरी । सप्तरीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएकी एक गर्भवती महिलाको मंगलबार बिहान मृत्यु भएपछि परिवारजनका साथै स्थानीयमा त्रास उत्पन्न भएको छ ।

कंचनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको मंगलबार घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार उनलाई कोरोनाजस्तै लक्षण देखापरेको थियो । निरन्तर ज्वरो आउने, श्वाँस लिन समस्या हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो ।

उनलाई पछिल्लो एक सातादेखि नियमित ज्वरो आइरहेको थियो । गत जेठ ८ गते सदरमुकाम राजविराजस्थित डा. बिनिता यादवसँग गर्भवती जाँच गराएकी उनलाई त्यस दिन १०२ दशमलव ४ डिग्री ज्वरो पाइएको गुप्ताले बताए ।

ज्वरो आउने, श्वाँस लिन समस्या भएपछि उनलाई घरमै राख्न सल्लाह दिइएको थियो । तर सोमबार रातिदेखि उनलाई श्वाँस लिन अति नै समस्या भएपछि मंगलबार राजविराजतर्फ ल्याउने तयारी गरिरहेकै अवस्थामा मृत्यु भएको गुप्ताले जानकारी दिएका छन् ।

कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको छ । उनको स्वाब संकलन गरी धरानस्थित वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइसकिएको गुप्ताले बताए । मृतकका परिवारमा उनका श्रीमान् र एक छोरा, एक छोरी तथा मृतकका सासू रहँदै आएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News