अपडेट 
२०७७ जेष्ठ १४, बुधबार १०:२४

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कर्यपालिकाको बैठकमा माफी मागेका छन् ।

नगर प्रमुख सरावगीले शनिबार बसेको बोर्ड बैठकमा माफी मांगेको वडाध्यक्ष चुमन चौधरीले बताए । वीरगञ्ज महानगरपालिकाको गाडीमा नगर प्रहरीका इन्चार्ज हरी प्रसाद भूषालसंग वडा नम्बर ३१ को बेलवामा महानगरपालिकाको राहत वितरण सामग्री बितरण गराइएको बिषयलाई लिएर भएको बैठकमा बिरोध जनाइएको थियो ।

मधेसी जनअधिकार फोरमको टिकटबाट बिजयी भएका सरावगीले आफ्नै पार्टीका स्थानिय तथा केन्द्रिय नेताहरुलाई विस्थापित गर्ने उदेश्यका साथ राहत सामग्री पठाएर बितरण गराएकोमा वडा अध्यक्षहरुले बिरोध गरेका थिए ।

सताधारी नेपाल कम्युनिष्ट पार्टीको नेताहरुलाई खुसी तुल्याउन राहत वितरण गराएको आरोप उनीहरुले लगाए । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एवम विपद व्यवस्थापन समितिका संयोजक चुमन चौधरीसंग समन्वय नगरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ का सदस्य बाल गोपाल थापा र पर्सा जिल्लाका सदस्य शम्भु गुप्ता मार्फत राहत वितरण गराएको आरोप उनीहरुको थियो ।

मंगलवारको बोर्ड बैठकमा वडाध्यक्ष चूमन चौधरीले कडा प्रतिवाद गरे पछि नगर प्रमुख सरावगीले भविष्यमा अब उपरान्त यस्तो गल्ती नहुने भनेपछि अवस्था सामसुम भएको थियो ।

उक्त बैठकमा कोरोना रोग नियन्त्रणको लागी सरकारले लगाएको बन्दाबन्दीबाट उत्पन्न भएको अवस्थालाइ मध्यनजर गर्दै महनगरपालिकाले वितरण गरेको राहतमा ४करोड रुपैयाँ खर्च भएको जानकारी गराएको थियो ।

महानगरपालिका प्रमुख सरावगीले सरकारले लगाएको बन्दावन्दीबाट उत्पन्न भएको विषम परिस्थितीलाई मध्यनगर गदैै महानगरवासिको आर्थिका सहयोग तथा कोरोना नियन्त्रणको लागी महानगरपालिकाले अहिले सम्म ३ करोड ९४ लाख रुपैया खर्च भएको प्रस्ताव अपारदशी भएकोले बैठकमा चर्चा भएको थियो ।

Comment


Related News

Latest News

Trending News