अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार ०७:१८

जनकपुरधाम ।प्रदेश २ मा कोरोना भाइरस संक्रमितहरुको संख्या बढदै गएकोछ ।तर स्वाब संकलन र टेस्टमा कमि आउन थालेकोछ ।

प्रदेश २ मा हाल सम्म १० हजार ५ सय ८९ स्वाब संकलन गरिएकोमा २ हजार ३ सय ५० को नतिजा आउन बाँकी नै रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।बुधवार कुल ७ सय ४३ स्वाब संकलन मात्र भएको मन्त्रालयले जनाएकोछ ।

प्रदेशमा हरेक दिन क्वारेन्टाइनको संख्या बढेको देखिन्छ ।तर क्वारेन्टाइनमा मानिसहरु बस्न चाहिरहेका छैनन् ।प्रदेश २ मा बुधवार सम्म ३ सय १ वटा क्वारेन्टाइनमा १३ हजार ४ सय २ जना रहेका छन् ।यद्यपी बेड १६ हजार ९ सय १४ रहेकोछ ।होम क्वारेन्टाइनमा ४ हजार ९ सय ३ जना छन् ।आइसोेलेशन बेड ६ सय ४५ मध्ये २ सय ३ जना रहेका छन् ।

आरडीटी विधि असफल रहेको भएपनि प्रदेशमा त्यसबाट पनि परीक्षण जारी छ ।बुधवारपनि ४८ जनाको स्वाब परीक्षण भएकोछ ।हाल सम्म कुल आरडीटी ६ हजार २ सय ८७ भएको छ ।

प्रदेशमा किटको अभाव भएपछि स्वाब संकलनमा कमि आएको बताइएको छ ।प्रदेशको ८ वटै जिल्लामा संक्रमितहरुको संख्या बढदै गएपनि टेस्टमा कमि आएकोछ । प्रदेशमा हाल सम्म ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।ती मध्ये १ जनाको ज्यान गएकोछ ।

कोरोना भाइरस संक्रमितहरुको प्रदेश २ मा सर्वाधिक संख्या रौतहट जिल्लामा देखिएकोछ ।हाल सम्म १ सय ६ जनामा कोरोना भाइरस पुष्टि भएकोछ ।पर्सामा ९२, बारामा ४९, सर्लाहीमा ३४, सप्तरीमा १५, धनुषामा १२, सिरहामा ८ र महोत्तरीमा ६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

पीसीआर विधिबाट परीक्षणका लागि हाल सम्म सर्वाधिक स्वाब संकलन पर्सा जिल्लामा ३ हजार ५५, धनुषामा १ हजार २, रौतहटमा १ हजार ८ सय १२, सिरहा १ हजार ६६, सप्तरीमा ८ सय ९०, बारामा ८ सय ४७, सर्लाहीमा ६ सय १८ र महोत्तरीमा ३ सय २७ रहेका छन् ।

बढी टेस्ट भएका जिल्लाहरुमा संक्रमितको संख्यापनि बढी फेला देखिएको छ ।सबै भन्दा कम टेस्ट महोत्तरी जिल्लामा भएकोछ ।

Comment


Related News

Latest News

Trending News