अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार ११:०७

मनोज मोरबैता
जनकपुरधाम ।
जनप्रतिनिधिनै भ्रष्टाचारमा लिप्त भएपछि अरुलाई के भन्न सकिन्छनै । अहिले दैनिक कुनै न कुनै जनप्रतिनिधि विभिन्न विषयमा भ्रष्टाचारमा लिप्त भएको समाचारहरु प्रकाशन प्रशारण भई रहेको वेला जनकपुरधाम उप–महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साह पनि पछि पर्न सकेका छैनन् ।

मिडियाहरुमा ठूल ठूला गप दिने वडाध्यक्ष साहले वडास्तरीय बजेट बाट बन्ने सडकहरुमा सोलिङ्गकोलागि चाहिने ईटा आफ्नै भट्टावाट ल्याउने गरेका छन् । वाडास्तरीय बजेटवाट हुने विकास निर्माणका अधिकांश काम कित उपभोक्ता समितिवाट हुने गरेका छन् कित कोटेशनवाटनै ।

टेण्डरमा जाने योजनाहरुलाई पनि उनले उपभोक्ता समिति बनाएर आफ्नो मान्छेहरु राखि आफु अनुकुल काम गराउने गरेका छन् । सडक निर्माण गर्नकालागि बनाइने उपभोक्ता समितिको काम समाजिक स्तरवाट हुनु पर्ने भए पनि उनले ठेक्केदार लगाई सो कार्यहरु गरि रहेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका–७ माछा बजारको उत्तर पट्टि पश्चिम तिर भएर जिरोमाइल जानेवाटो अहिले निर्माण भई रहेको छ । जसको सोलिङ्ग इटले गरेको हेर्न सकिन्छ । त्योे ‘माँ’ इटा भट्टाको इटा रहेको छ । र ‘माँ’ इटाको प्रोपराइटर वडाध्यक्ष जानकी राम साह आफै हुन ।

वडाध्यक्ष साहले त्यो सडकमा मात्रै नभई वडा नम्वर ७ मा हुने अधिकांश विकास निर्माणको कार्यमा आफ्नै इटा भट्टावाट इटा ल्याएर विजनेश चलाउँदै आएका छन् । जानकी राम साहले दिने ठूल ठूला गप्प र उनको कार्यशैली भने एक अर्काको परिपुरक रहेको स्पष्ट हुन्छ ।

लक डाउनकै विच उनी अहिले दैनिक २५ भन्दा बढी ट्याक्टर भट्टावाट निकाल्ने गरेका छन् । प्रहरी प्रशासनलाई विकास निर्माणको कार्यकोलागि लगेको भनेर उनी अहिले हजार इटाको १४ हजार सम्म असुलि गरि रहेका छन् । इटा व्यवसायी जानकी राम साह वडाध्यक्षमा आएदेखिनै उनी माथि पटक–पटक आफ्नो इटा खरिद गर्न सर्वसाधारणलाई दवाव दिने गरेको आरोप लाग्दै आएका छन् ।

इटा खरिद गर्नकालागि कोटेशनको आवश्यक्ता पर्छ त्यो सव कागजमै सिमित गरेर उनी समाजसेवीको ढोङ्ग गर्दै आएका छन् । इटा व्यवसायी वडाध्यक्ष साहले वडाकार्यालयमा नक्सा पास गराउनकोलागि सिफारिस लिनेहरुलाई समेत ईटा आफ्नै भट्टावाट खरिद गर्नकालागि दवाव दिने गरेको यस भन्दा पहिला पनि आरोप लागि सकेका छन् ।

विश्वभरि फैलिएको कोरोना महामारीवाट आजिज जनकपुरधामवासीकालागि उनले आफ्नै वडाको विद्यालयलाई प्रयोग गरे । त्यस विद्यालयमा सयजनालाई राम्ररी राख्न सकिन्छ तर १०÷११ जनालाई राखेर ठूलो वाहवाही लुटि रहेका छन् ।

Comment


Related News

Latest News

Trending News