अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार १४:०८

सिकेन्द्र पासवान
कलैया
।कलैया अस्पताललाई जेनरल अस्पताल संचालनको माँग गर्दै कलैया अस्पतालमा बुधवार प्रर्दशन गरिएको छ ।

जनता समाजवादी पार्टीका नेता अरुण सिहको नेतृत्वमा रहेको दर्जनौ ब्यतिmहरुले नारावाजी गर्दै प्रर्दशन गरेका छन् ।

जेष्ठ ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौता पालना गर, आइसोलेसनमा रहेका बिरामीहरुलाई नास्ता र खनाको राम्रो प्रवन्ध गर जस्ता नारा समेत लगाएका थिए ।

प्रदेश सरकारले गंगापुरमा अस्थायी कोरोना अस्पताल संचालन गर्न निर्णय गरिसकेको र निर्माणका जिम्मा लिएका कलैया उपमहानगरपालिकाले गंगापुरमा बिरामी राख्ने सम्मको तयारी भईसकेको जानकारी गराउदा समेत कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिरेन्द्र मण्डलले किन अस्पतालमा रहेका कोरोनाका बिरामीलाई गंगापुरमा नसारेको कारण आफुहरुलाई प्रर्दशन गरेको नेता सिहले भने ।

लाखौ नागरिकको अस्थाको रुपमा रहेको कलैया अस्पतालमा जेनरल अस्पताल संचालन हुन नपाउदा प्रसुती सेवा लगायतन्य अन्य सेवाहरुबाट बंचित भएको हुदा चाडो चाडो कलैया अस्पतालमा रहेको बिरामीहरुलाई गंगापुरमा निर्माण गरिएको आइसोलेसनमा सार्न माँग गरिदै माँग पुरा नगरि कडा संर्घषका कार्यक्रम ल्याउन बाध्य हुने उनले भनुभएको छ ।

जिल्ला प्रशासनमा जेष्ठ ४ गते कोभिड नाईटी नियन्त्रणका लागि बिपत व्यवस्थापनको बैठकमा ३ दिनका लागि बिरामी कलैया अस्पतालमा राख्ने अनि चौथो दिन कलैया अस्पतालमा रहेको कोरोना बिरामीहरुलाई गंगापुरमा सार्ने निर्णय गरिएको थियो ।

प्रर्दशन कार्यक्रममा बिनोद साह, सुरेश केसरी, भरत प्रसाद केसरी, बिरेन्द्र साह, जगदिस प्रसाद केसरी, रंजित पटेल, संदीप मण्डल लगायतका सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News