अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार १७:०६

बर्दिया। जिल्लाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।

अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका –९ का ५५ वर्षीय पुरुषको बुधबार क्वारेन्टिनमा मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News