अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार २३:४७

राजविराज।प्रदेश नम्बर २ का सप्तरी जिल्लामा थप एक जना प्रहरीमा कोरोना पुष्टि भएको छ।

जिल्लाको बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका एक प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

बोदे बर्साइन नगरपालिकाको मेयर अतेश सिंहले आफ्नो नगरबासीलाइ घरमै रहेर सुरक्षित बस्नको लागि आग्रह गरेका छन् । उनले भने कोरोना भाइरसबाट बचनको लागि सबैलाई नेपाल सरकारले गरेको लकडाउन लाई पुर्ण रुपमा पालना गरेपछि संक्रमितको संख्या अवस्य कम हुने मेयर सिंहले बताए।

यससँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश नं २ मा कोरोना संक्रमित प्रहरीको सङ्ख्या १३ पुगेको छ ।

सबैभन्दा बढी बारामा सात प्रहरी संक्रमित देखिएका छन् । सप्तरी, सिरहा र धनुषामा दुईदुई प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News