अपडेट 
२०७७ जेष्ठ १६, शुक्रबार ०९:०५

जनकपुरधाम।भारतमा रहेका नेपालीलाई ल्याउन भन्दै गत जेठ ४ गतेदेखि खुल्ला गरिएका सीमा नकाकाहरु बन्द गरिएको छ । धनुषाका समेत जटही र खजुरी नाका बन्द भएको छ ।

सरकारको यो निर्णयसँगै प्रदेश २ का सात वटा सिमा नाकाबाट मात्रै नेपाली आउने भएका छन् । प्रदेशको सप्तरीस्थित कुनौली नाका, सिरहास्थित ठाडी र माडर, महोत्तरीको भिठामोड, सर्लाहीको मलगंवा, रौतहटको गौर र पर्साको बीरगंज नाकाबाट मात्रै नेपाली भारतबाट आउने भएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपाल सरकारको जेठ १२ गते मन्त्री परिषद्को बैठकले यो निर्णय भएको जानकारी दिएका छन् ।

उनका अनुसार स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी सरकारको नयाँ निर्णय आएको हो ।

सरकारको यो निर्णय अनुसार प्रदेश १ को पशुपतिनगर, काँकडभिट्टा र मोरंगको रानी नाकाबाट मात्रै नेपाली आउन पाउने भएका छन् ।

प्रदेश ५ को नवलपरासी पश्चिमस्थित महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कपिलवस्तु र कृष्णनगर, बाँकेको जमुनाहा, बर्दियाको सुरतपुर, सुदुर पश्चिम प्रदेशको कैलालीस्थित गौरीफन्टा, कंचनपुरको गठा चौकी, बैतडीको तुलाघाट र दार्चुलाको दार्चुला सीमाबाट मात्रै नेपाली आउन सक्नेछन् ।

Comment


Related News

Latest News

Trending News