काठमाण्डु । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विहिबार सङ्घीय संसद्मा प्रस्तुत गरेका छन् ।
अगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट चालु आर्थिक वर्षको भन्दा झण्डै ५८ अर्ब कम रहेकोछ ।आर्थिक वर्ष २०७६÷७७ मा सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवाडाले चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेका छन् । त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको अनुमानित खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड बेहोरिने मन्त्री खतिवडाले जनाए ।वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाइने उल्लेखगर्दै मन्त्री खतिवडाले भने, ‘आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने सरकारको विश्वास छ।’
देशमा कोरोना भाइरसको संक्रमणले अर्थव्यवस्थार्ला तहसनहस गरेको बेला सरकारले स्वास्थ्य तथा जसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड छुट्याइएकोछ ।
कोरोनाभाइरस नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ बजेटमा विनियोजन गरिएकोछ । सो रकम कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा नियन्त्रणका लागि तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचारका लागि छुट्याएको मन्त्री खतिवडाले जनाए ।
स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा सरकारले उक्त क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
त्यस्तै कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि अग्रपङ्क्तिमा खटिएकाबाहेक अन्य कर्मचारीलाई दिइँदै आएको सबै भत्ता खारेज गरिएको छ । तर सरकारले सबै कर्मचारीको कोरोना बिमा गर्ने घोषणा गरेको छ । सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको हो ।
कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्ता खारेज हुने मन्त्री खतिवडाले बताए ।
सरकारले कोरोनामा विनियोजन गरेको भन्दा दोब्बर बढी पूर्वाधार विकासमा रकम छुट्टयाएकोछ ।यद्यपी चालु आर्थिक वर्षको तुलनामा सो रकम २५ अर्ब े कम छ ।
पूनर्निमाणको बजेट ६६ अर्ब घटेको छ ।संसदीय विकास बजेटमा पनि प्रति निर्वाचन क्षेत्र २ करोडले कटौती गरिएकोछ ।
अर्थमन्त्री खतिवडाले इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको संसदमा जानकारी दिए ।उनले सुर्तीजन्त र मदिरामापनि केहि बृद्धि गरिएको बताए ।देशको ३ सय पालिकामा भुमी बैंक स्थापना गरिने बजेटमा उल्लेख गरिएकोछ ।
बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन भएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ६३ करोडले कम हो ।
सरकारले सञ्चार क्षेत्रलाई अर्थमन्त्री खतिवडाले लगातार तेस्रो बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले ल्याएको बजेट संघीयता मैत्री नभएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् ।‘बजेटमा केहि नयाँपन छैन, गत,विगतको जस्तै समान्य किसिमको बजेटछ’ उनले भने, कोराना भाइरस संक्रमणले मुलुक अक्रान्त बनेको बेला संघीय सरकारले प्रदेशलाई उपेक्षा गरे ।
‘विदेशका फिर्ता आउने नेपालीहरुका लागि रोजगारी सृजना गर्ने व्यवस्था बजेटले गरेको छैन्’ उनले भने, देशकै अहिले सबै भन्दा ठूलो चुनौती कोरोना भाइरससित लडन प्रदेशको भूमिकालाई महत्व दिएको छैन् ।उनले कृषि तथा स्वास्थ्यमा विनियोजन गरिएको बजेट कम भएको बताए ।