अपडेट 
२०७७ जेष्ठ १६, शुक्रबार ११:३७

जनकपुरधाम । जनकपुरधामका पत्रकार बिरेन्द्र रमणले कोरोनालाई जितेका छन् । कोरोना संक्रमित पत्रकार रमण बिहीबार निको भएर अस्पतालबाट डिस्जार्च भएका छन् ।

पत्रकार रमण ३१ बैशाखमा संक्रमित देखिएका थिए । उनलाई सोही दिन प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मुटुका बिरामी समेत थिए ।

रमणसँगै प्रदेश २ मा ९८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी बीरगंजबाट निको भएर फर्किएका छन् ।

Comment


Related News

Latest News

Trending News